2026 June 27/ 07:11: 26pm

       बनेपा/बनेपा नगरपालिका वडा नं. १० पुलबजार स्थित तेमाल गेष्ट हाउस एण्ड खाजा घरमा बेश्याबृत्ति यौनधन्दा भईरहेको छ भन्ने गोप्य सूचनाको आधारमा गत विहीवार जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकबाट खटिएको प्रहरी अधिकृत सहितको टोलीले गेष्ट हाउमा चेकचाँज गर्ने क्रममा होटलका संचालकहरुले ललाई फकाई, आर्थिक प्रलोभनमा पारी, विश्वास दिलाई होटलमा आउने ग्राहकहरूसँग जबरजस्ती शारिरीक सम्पर्क गर्न बाध्य बनाउने दुई जनालाई पक्राऊ गरेको छ । 
        पक्राउ पर्नेहरुमा मकवानपुर जिल्ला बागती गाउँपालिका वडा नं. ७ स्थाई घर भई हाल जिल्ला काभ्रेपलाञ्चोक बनेपा न.पा. वडा नं. १० स्थितमा तेमाल गेष्ट हाउस एण्ड खाजा घर संचालन गरी बस्ने अन्दाजी बर्ष ४२ को लालमान तितुङ र काभ्रेपलाञ्चोक जिल्ल्ला चौरी देउराली गाउँपालिका लामाटोल स्थाई घर भई हाल जिल्ला काभ्रेपलाञ्चोक जिल्ला बनेपा न.पा. वडा नं. १० स्थितमा तेमाल गेष्ट खाजा घरमा काम गर्ने बर्ष २० को श्याम लामा रहेका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेले होटल एण्ड गेष्ट हाउसमा रहेका नावालिका र किशोरीहरु– ५ (पाँच) जनालाई उद्धार गरेको र अभियुक्तहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य रहेको जनाएको छ ।