2026 June 27/ 08:25: 28pm

उद्धब प्रसाद अधिकारी/पाँचखाल 
साहित्य भावा र संस्कृतिको संरक्षण सम्बद्र्धन र जगेर्नाे गर्ने उद्देश्यले साहित्यकारहरुको समूहले पाँचखालमा कवि गोष्ठि सम्पन्न गरेको छ । 
पाँचखाल नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष सुन्दर अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा ३ दर्जन साहित्यकारहरुको सहभागिता रहेको थियो । कार्यक्रममा साहित्यकारहरु सरस्वती चिमौरिया, बैकुण्ठ प्रसाद न्यौपाने, जयराम अधिकारी, अनन्त गौतम, नरेन्द्र कुमार नगरकोटी, बेगम थापा लगायतले आफ्ना उत्कृष्ट रचना प्रस्तुत गर्नु भएको थियो । 
कार्यक्रममा पाँचखाल नगरपालिका पुर्व उप प्रमुख लक्ष्मी दनुवार, जीवनदर्शन बहुमुखी क्याम्पसका प्रमुख डा. राममणी सापकोटा, सर्वमंगला बहुमुखी क्याम्पसका निर्वतमान क्याम्पस प्रमुख जयराम अधिकारी, पाँचखाल जेसिजका अध्यक्ष राजाराम पौड्याल नवप्रतिभा माविका प्रिन्सिपल सरोज न्यौपाने लगायतको सहभागिता रहेको थियो । कार्यक्रम पश्चात पाँचखालमा नयाँ साहित्यक संस्था खोल्ने कार्यक्रमका संयोजक साहित्यकार नरेन्द्रकुमार नगरकोटीले जानकारी दिनुभयो ।