2019 March 25/ 05:01: 03am

    बनेपा/बनेपा विकास बहुउदेशयीय सहकारी संस्था लिको बाहौ बार्षिक साधारण सभा संस्थाका जेष्ठ सदस्य ९१ वर्षिय प्रेमप्रसाद भैलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
    कार्यक्रममा संस्थाको वार्षिक प्रतिबेदन सचिब सुदेन श्रेष्ठले तथा आर्थिक प्रतिबेदन कोषाध्यक्ष ज्ञानबहादुर मल्लेपतिले पेश गरेका थिए । त्यसै गरी लेखा तथा सुपरिबेक्षण समितिको प्रतिबेदन संयोजक काजीबहादुर खत्रीले पेश गरेका थिए । संस्थाको शेयरपुजीं २ करोड ८० लाख ६७ हजार ६ सय, बचत हिसाब ११ करोड ५७ लाख २८ हजार ३ सय ४३ रहेको जनाएको छ । कार्यक्रममा संस्थाका उत्कृष्ट बतचकर्ता सरला अमात्य, अर्जुन तिमल्सिना, सुप्रिया श्रेष्ठ, असल ऋणी सपना श्रेष्ठलाई सम्मान गरिएको थियो । कार्यक्रममा स्वागत मन्तब्य सञ्चालक सुलोचना भुजु पलाञ्चोकेले राखेकी थिईन भने कार्यक्रम संस्थाका अध्यक्ष दिलिप श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो ।