2019 January 19/ 08:08: 25pm

    धुलिखेल/नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज)को प्रदेश नम्वर ३ को भेला धुलिखेलमा सम्पन्न भएको छ ।
    भेलामा प्रतिनिधि सभा सांसद नविना लामाको प्रमुख आतिथ्यता रहेको थियो । भेलामा सम्बोधन गर्दै सांसद नविना लामाले नेपालका संचारमाध्यमहरुले अनुशासन उल्लखंघन गरेकाले नागरिकहरुको हक अधिकार सुनिश्चित गर्न संचारमाध्यमहरुलाई नियमन गर्नु पर्ने बताईन् । विशेष अतिथी धुलिखेल नगरपालिकाका प्रमुख एवं नेपाल नगरपालिका संघका अध्यक्ष अशोक ब्याञ्जुले भाषा, संस्कृति र सभ्यता संरक्षण गर्नु पर्र्ने बताएका थिए । जनजातिको मौलिकता कायम गर्ने, सस्कृति र सभ्यतालाई अगाडी बढाउने गरी कार्य गर्नु पर्ने नगर प्रमुख ब्याञ्जुले बताए । कार्यक्रममा फोनिजका केन्द्रिय अध्यक्ष डण्ड गुरुङ्ग, नेपाल पत्रकार महासंघ प्रदेश नम्वर ३ का उपाध्यक्ष यदुनाथ गौतम, महासचिव कृष्ण सारु मगर, सचिव सुरेश हुमागाई, जिल्ला अध्यक्ष मोतीराम तिमल्सिना, प्रेस चौतारी नेपालका केन्द्रिय उप महासचिव हिरामान लामा, फोनिजका विभिन्न तहका नेताहरुले पत्रकारिता क्षेत्रमा आदिबासी जनजातिहरुको भूमिकाका बारेमा चर्चा गरेका थिए । प्रदेश इन्चार्ज समिर बलामीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश अन्र्तगतका १३ वटै जिल्लाका अध्यक्षहरुको सहभागिता रहेको थियो । भेलाले तीन महिना भित्र सम्मेलन गर्ने गरी इन्चार्ज बलामीको अध्यक्षतामा सबै जिल्लाका अध्यक्षहरु सदस्य रहने गरी सम्मेलन कमिटी बनाउने निर्णय गरेको छ । 
    कार्यक्रम धादिङ्ग जिल्लाकी सरिता श्रेष्ठले संचालन गरेकी थिईन् । जिल्ला शाखा काभ्रेको आतिथ्यतामा सम्पन्न कार्यक्रममा तामाङ पत्रकार समुह तथा विभिन्न क्षेत्रका कृयाशिल पत्रकारहरुको सहभागिता रहेको अध्यक्ष शिशिर दोङ्गले बताए ।