बनेपा/बनेपा सिद्धार्थ कलेजले विविएस अध्यनरत प्रथम वर्षका विद्यार्थीहरुलाई स्वागत गरेको छ ।
कलेज संचालक समितिका अध्यक्ष ज्ञानबहादुर केसीको सभापतित्वमा भएको उक्त कार्यक्रममा क्याम्पस प्रमुख पुकार कर्णजितले क्याम्पसका गतिविधिका बारेमा जानकारी दिनु भएको थियो । सिद्धार्थ स्कुल २०४० सालमा स्थापना भई जिवनरुपी शिक्षालाई प्रथमकिता दिदै २०५४ मा वोर्ड फस्ट, २०६१ मा पुन वोर्ड फस्ट र कक्षा १२ मा समेत नेपाल टप गर्न सफल उक्त स्कुलले २०५८ सालबाट कक्षा १२ सम्म विज्ञान र ब्यबस्थापन संकायमा कक्षा शुरु गरेको थियो । त्यसै गरी २०६६ सालबाट विविएस कक्षा शुरु गरी उत्कृष्ट नतिजा हासिल गर्न सफल हुदै आएको कर्णजितले बताउनु भयो । कलेजमा पर्याप्त लाईब्ररी, मल्टिमिडया, निशुल्क पोशाक र पुस्तक लगाएतका विभिन्न सेवा प्रदान गर्दै आएको, उक्त कलेजबाट उतिर्ण विद्यार्थिहरु सरकारी तथा अन्य उच्च निकायमा कार्यरत रहदै आएको बताउनु भएको थियो । कार्यक्रममा कलेजका पुर्व प्राध्यापक बसन्तराज नेपाल, कक्षा १२ का कलेज टपर विद्यार्थी रविना पाण्डे लगाएतले शुभकामना मन्तब्य राख्नु भएको थियो । कार्यक्रम सिद्धार्थ माविका प्रध्यानाध्यापक गुञ्जप्रसाद लुईटेलले सञ्चालन गर्नु भएको थियो ।









