2026 June 28/ 09:56: 46am

पोशाक वितरण तथा बृक्षारोपण कार्यक्रम 
    मथुरापाटी/रोटरी क्लब अफ काठमाडौं हाईटद्वारा नमोबुद्ध नगरपालिका १ श्री मथुरापाटी माध्यमिक विद्यालयका विद्यार्र्थीहरुलाई बिद्यालय पोशाक बितरण तथा फ्रुट फरेस्ट अबधारणा सहित स्कुल हाता भित्र फलफूलका बिरूवा रोपिएको छ ।
    रोटरी क्लब अफ काठमाडौं हाईट र रोटरी क्लब अफ क्र्यानब्रूक सनराईज, रोटरी डिस्ट्रिक्ट ५०८० क्यानडाको सहयोगमा गरिएको उक्त कार्यक्रममा मथुरापाटी माध्यमिक विद्यालयका १ सय १० जना विद्यार्थीहरूको लागि विद्यालय पोशाक रोटरी क्लब अफ काठमाडौं हाईटका पदाधिकारीहरुले एक कार्यक्रमका बिच विद्यार्थीहरुलाई वितरण गरेका छन । कार्यक्रममा बागमती प्रदेश सांसद तथा प्रदेश सरकारका पूर्वमन्त्री चन्द्र लामाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमको विशेष अतिथी रोटरी क्लब अफ काठमाडौं हाईटका अध्यक्ष राजाराम जोशी रहनु भएको थियो । रोटरी क्लव अफ काठमाडौं हाईटका पदाधिकारीहरु राजीव हुमागांई, श्रीकृष्ण धिताल, सनम शेर्पा, बिदुर सत्याल, लक्ष्मी थपालिया, ग्रेसी लामिछाने लगायतको उपस्थिती थियो ।
    सामाग्री हस्तान्तरण गर्दै रोटरी क्लव अफ काठमाडौं हाईटका मेम्बरशिप डाईरेक्टर श्रीकृष्ण धितालले प्रोजेक्टको बारेमा प्रकाश पार्नु भएको थियो । अध्यक्ष राजाराम जोशीले रोटरीका कार्यक्रमहरु विश्व ब्यापी भएको र सहयोगले धेरै हदसम्म विद्यार्र्थीहरुलाई पढाईमा सहज हुने कुरा बताउनु भएको थियो । बागमती प्रदेशका सांसद तथा प्रदेश सरकारका पूर्वमन्त्री चन्द्र लामाले सहयोगका लागि रोटरी क्लब अफ काठमाडौं हाईट प्रति आभार व्यक्त गर्दै यस्ता कार्यक्रम आगामी दिनमा पनि आउने आशा गरेको बताए । रोटरी क्लब अफ काठमाडौं हाईटले स्थापनाकालदेखि नै सामाजिक कार्यलाई प्राथमिकतामा राख्दै सामाजिक सेवा प्रदान गर्दै आइरहेको छ । रोटरी ईन्टरनेशनलले सेप्टेम्बर महिनालाई साक्षरता महिनाको रुपमा मनाउदै आईरहेको छ ।