2024 April 25/ 11:43: 12pm

आजको चर्चाबाट राष्ट्रकै चर्चामा पुगेकी पत्रकार रुपा शर्मा नेहा नेपालको एकमात्र राष्ट्रिय टेलिभिजन नेपाल टेलिभिजनमा सामाजिक सरोकारका विषयमा नितीगत रुपमा वहस पैरवी गर्ने कार्यक्रम संचालन गर्छिन् । सानैदेखिको सामाजिक सेवाप्रतिको लगावले गर्दा उनि समाज परिर्वतनको बलियो आधार पत्रकारितामा देखेपछि २०५८ सालमा रेडियो पत्रकारीता मार्फत यसतर्फ होमिएकि हुन् । 
    नेपालको ग्रामिण भेग पाल्पाकै मोहनकन्या नामक सरकारी विद्यालयबाट कक्षा १० सम्मको पढाई पुरा गरि काठमामाडौं आईन् । काठमाडौबाट स्नातकोत्तर सम्मको अध्यययन पूरा गरेकि उनि विगत दुई दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल छन् । श्रव्य दृश्य तथा छापा तिनै माध्यमा सक्रिय पत्रकार रुपा शर्मा नेहाले काठमाडौं महानगरपालिकाले संचालन गरेको मेट्रो एफएमबाट समाजिक सरोकारको विषय र स्थानिय सरकारको काम कारवाहिका सम्बन्धमा रेडियो कार्यक्रम संचालन गर्छिन् । 
नेपालकै एकमात्र राष्ट्रिय टेलिभिजन नेपाल टेलिभिजनमा उनले सामाजिक सरोकारका विषयमा नीतिगत रुपमा चर्चा गर्ने कार्यक्रम आजको चर्चा संचालन गर्छिन् । आजको कार्यक्रम नेपाल टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम मध्ये उत्कृष्ट कार्यक्रममा पर्छ । पत्रकारिता क्षेत्रमा सक्रिय पत्रकार शर्मा रेडियो र टेलिभिजन सँगै विभिन्न राष्ट्रिय दैनिक अनलाईन पत्रिका मार्फत पनि समाजिक रुपान्तरणको पक्षमा निरन्तर आवाज उठाईरहेकी छन् । राष्ट्रिय तथा अन्तराष्ट्रिय तहमा अनुसन्धानकर्ता तथा लैगिंक विज्ञको रुपमा स्थान जमाएकी शर्मा समाजिक रुपान्तरणको बलियो हतियार भनेको पत्रकारिता हो र हामिले समाजिक विकृति विसंगति हटाई समतामुलक समाजको निर्माण गर्नको लागि पत्रकारतिको महत्वपूर्ण भूमिका हुन्छ भन्ने बुमmेरै आफु यस क्षेत्रमा लागेको बताउँछिन् । 
रेडियोमा हिंसा दुव्र्यवहार समाजिक विसंगति विरुद्ध आवाज उठाउने उनले अन्याय र अत्याचार मानव अधिकार बेचविखनका साथै समाजिक आर्थिक मानसिक राजनैतिक हिंसामा परेका मानिस अथवा कुनैपनि समाजिक सरोकारका विषयको मुद्धाको उठान गर्छिन् र यिनै सामाजिक सरोकारका विषयमा टेलिभिजनमा निती निर्माणकर्ता लाई बोलाएर यि विषयमा भएका कानुन ऐन नियम योजना र रणनीतिको बारेमा चर्चा गर्छिन् । टेलिभिजन कार्यक्रम आजको चर्चामा सरकारका विाभिन्न मन्त्रालय, विभाग अनि स्थानीय सरकारका प्रतिनिधिहरुसंग भएका कानुनको वारेमा समिक्षा अनि आवश्यक कानुनको निर्माणको सम्बन्धमा कुराकानी गरिन्छ ।
आजको चर्चा कार्यक्रम जहाँ आम जनताको सरोकारको विषयमा प्रत्यक्ष सरोकार राख्ने नेपाल सरकार उच्च तहका व्यक्ति तथा मन्त्रीहरुलाई स्टुडियोमै बोलाएर जनताप्रति पारदर्शी र जवाफदेही बनाउने ढंगबाट कुराकानी गरिन्छ । सरकारले बनाएका संविधानले ग्यारेन्टी गरको जनताको मौलिक अधिकारलाई स्थापित गर्न कानूनमा भएको कमि कमजोरीको समिक्षा गर्ने र आवश्यक कानून निर्माणमा सरकारलाई घच्घच्याउने काम गर्दै आईरहेको छ । पत्रकार शर्माले राज्यका हरेक नीति निर्माणकर्तालाई स्टुडियोमै बोलाएर वहस त गर्छिन् नै यसका साथै विषयवस्तुलाई कार्यान्वयन तहसम्म पु¥याउनको लागि पटक–पटक फलोअप गर्छिन् जसले सरकारलाई जनताप्रति उत्तरदायि बनाउन, विधिको शासन निर्माण गर्न, भएको कानून कार्र्यान्वयन र आवश्यक कानून निर्माणको लागि महत्वपुर्ण भूमिका निर्वाह गरेको छ ।
शर्माले संचालन गरेको कार्यक्रम आजको चर्चा कार्यक्रमले नितीगत रुपमा परिवर्तन गरेका विषयहरु धेरै छन् । अर्थ मन्त्रालयले यहि कार्यक्रम वहसपछि आफ्नो नीतिमा परिमार्जन गरि पेन्सन सम्बन्धि विधेयक संसद्मा पेश गरेको थियो त्यो संसद्बाट पास भएको छ । जनताको सुचना सम्बन्धि हकलाई सरकारी तथा गैरसरकारी तहबाट कुण्ठित गरेको भन्दै पटक–पटक आवाज उठाएपछि अहिले हरेक सरकारी कार्यालयहरुमा सुचना अधिकारी तोकिएको छ । 
सुचना नपाएको भन्दै राष्ट्रिय सुचना आयोगमा नागरिकले दिएको उजुरी पछि आयोगले शतप्रतिशत् उजुरीको सुनुवाई भईसकेको छ ।
महिलामाथि हुने हिंसाका सवालमा महिला मन्त्रिसहित मन्त्रालयको योजना शाखाका उच्च व्यक्तित्वलाई नै स्टुडियो ल्याएर छलफल गरेपछि हिंसामा परेका महिलाहरुको उद्दारको लागि मन्त्रालयले कोष खडा गरेको छ भने स्वास्थ्य जोखिममा रहेका गाँउका महिलालाई  महिला मन्त्रालयले हेलिकप्टरमार्फत काठमाडौ ल्याई उपचार गर्ने व्यवस्था मिलाएको छ ।
महिलाहिंसाकै विषयमा कुरा गर्नुपर्दा एसिड आक्रमण गर्नेलाई दिईने कानूनी सजायँ कम भयो भन्दै शर्माले तत्कालीन महिला मन्त्री थममाया थापालाई स्टुडियोमै बोलाएर कानून परिमार्जनको आवश्यकता औंल्याएपछि एसिड आक्रमण गर्नेलाई दिईने सजायँका सम्बन्धमा कानूनमै परिमार्जन गरी सजायँको समयअवधि थप गरिएको छ । शर्माले गर्ने नीतिगत बहसकै परिणाम स्वरुप यतिबेला बलात्कार सम्वन्धि हदम्याद १ वर्ष रहेकोमा अब हदम्यादको अन्त्य हुनुपर्छ भन्दै आवाज उठिरहेको छ ।
भूमि अधिकारमा लंैगिक समानताको विषय उठान गरेपछि पैतृक सम्पत्तिमा पुरुषको मात्र बर्चस्व रहेकोमा अहिले समान अधिकारको व्यवस्था भएको छ । शर्माले पछिल्लो समय नेपालमा बढ्दै गईरहेको विपद्का घटनाहरुले महिला बालबालिका तथा जेष्ठ नागरीक बढि प्रभावित भएको भन्दै पटक–पटक राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उच्च तहका व्यक्तित्वलाई अन्तवार्ता गरेपछि अहिले प्राधिरकणले विपद् सम्बन्धि लैंगिक नीतिको मस्यौदा तयार गरिसकेको छ भने विपद्मा परेकालाई उद्धार गरेर राख्ने भवन निर्माण र सो भवन लैगिंक तथा अपांगमैत्री तथा जेष्ठ नागरिक मैत्रि बनाउने नीति अनुसार काम अगाडि बढाईसकेको छ ।
यस्ता दर्जनौं नीतिगत परिवर्तन जसले समतामुलक समाजको निर्माणको लागि शर्माले संचालन गर्ने टेलिभिजन कार्यक्रमले प्रभाव पारेको भन्दै उनलाई विभिन्न पुरस्कारबाट पुरस्कृत समेत गरिएको छ । अन्तराष्ट्रिय तह सम्म पुगेर महिला अधिकारका बारेमा अनुसन्धनात्मक लेखहरु प्रकाशित गरेकी रुपा शर्मा नेहाले कोरियामा वैदेशिक रोजगारीको नाममा नेपाली महिलाको बेचबिखन हुने विषय कोरियामै पुगेर अनुसन्धनात्मक ढंगबाट प्रकाशित गरेपछि विवाहको नाममा हुने बेचबिखन ठप्प भएको छ ।
विदेशी संस्थाहरुको अनुसन्धानमा मात्र संलग्त छैन केहि विदेशी संस्थाहरुले नेपालमा संचालन गरेको आर्थिक सशक्तिकरण कार्यक्रमको लंैगिक विज्ञको रुपमा कार्यरत रहेकि उनि सरकारी गैरसरकारी संस्थाको लागि अडियो भिडियो निर्देशक तथा उत्पादकको रुपमा समेत कार्यरत रहेकी छन् । पत्रकारिताबाट बाँच्न गाह्रो छ भन्नेहरुका लागि उनि नेपालमै पत्रकारीताका तीनैवटा विधामा उत्तिकै सक्रिय रहि नेपालमा पत्रकारिता मार्फत धेरै कमाईगर्ने पत्रकारको उच्चकोटिमा रहेकि छन् ।