2026 June 29/ 02:25: 02am

बनेपा/जिल्ला प्रहरी कार्यालय काभ्रेको आयोजनामा तथा बनेपा नगरपालिकाको समन्वयमा जिल्ला स्तरीय नागरिक सुनुवाइ तथा अन्तर्किया कार्यक्रम सम्पन्न भएको छ । 
गत बिहिबार बनेपा नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा विभिन्न सरोकारवालाले भाग लिएका थिए । सार्वजनिक सुनुवाईमा उठेका जिज्ञासामा प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले नागरिकहरुलाई सहज र सर्वसुलभ सेवा दिनुपर्ने बताउनु भएको थियो । सहभागीहरुले बनेपा नगरपालिकामा फुटपाथमा हिड्न गा¥हो भएको, जेब्रा क्रसिङ्गमा बाटो काट्न समेत गा¥हो भएको, सडक बालबालिका बढ्दै गएको र घरेले हिंसा बढ्दै गएको बताएका थिए । त्यसको जवाफ दिदै प्रजिअ पाण्डेले बनेपाको फुटपाथमा राखिएका सामान तत्काल हटाउन  तथा अन्य समस्या समधानका लागी निर्देशन दिनु भएको थियो कार्यक्रममा प्रमुख लक्ष्मी नरसिं बादे, उपप्रमुख रेखा सापकोटा दाहाल, प्रहरी प्रमुख चक्रराज जोशी, प्रमुख प्रशासकीय अधिकृत कबिराज उप्रेती, ईलाका प्रहरी कार्यालय बनेपाका प्रमुख राजन कोईराला, जिल्ला ट्राफिक प्रमुख प्रमिला श्रेष्ठ, वडा अध्यक्षहरू, सञ्चारकर्मी र विभिन्न संघ संस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।