2026 June 29/ 05:11: 04am

धुलिखेल/राष्ट्रियता, एकता एवं गौरवको प्रतिक श्री ५ बडा महाराजधिराज पृथ्वी नारायण शाहदेवको ३०० औ जन्मोत्सव पृथ्वी जयन्तीको अवसरमा आकाश भैरव क्लबको आयोजनामा धुलिखेल नगरपालिका तथा नगरपालिका संघका अध्यक्ष अशोक ब्यान्जुले पृथ्वी नारायण शाहदेवको पूर्ण कदको सालिकमा र धुलिखेल चोच्छे टोलमा रहेको तस्विरमा मल्यार्पण, पुष्प गुच्छा लगायत दिप पज्वलन गरी मनाएको छ । 
कार्यक्रममा प्रमुख अतिथी ब्याञ्जुले उक्त स्थानमा १६ हाते कालिको मन्दीर र पार्क बनाउने बताउनु भयो । हामिले हाम्रा पुर्खाहरुलाई सम्mभनु पर्ने र पृथ्वी नारायाण लाई जिवन्त सम्म सम्झीरहनु पर्ने बताउनु भयो । कार्यक्रममा जिल्ला समन्वय समिती काभ्रेका अध्यक्ष उद्धब केसी, प्रमुख जिल्ला अधिकारी शिबराम पोखरेल, धुलिखेल नगरपालिकाको उप प्रमुख, विमला शर्मा चौलागाई, काली जगं गणका गणपति लगायत धुलिखेलका स्थानिय क्लबहरु लशः कुश युवा क्लब, रमाइलो छत्र छाया मुनी, लियो कल्ब अफ धुलिखेल, खड्गी समाज सेवा समिति लगायतको सहभागीता रहेको थियो । कार्यक्रममा स्थानीय संघ संस्थाहरूका प्रतिनिधीहरूले नेपाल कम्युनिस्ट पार्टी ऐ.मा.ले जिल्ला कमिटिका नवनिर्वाचित अध्यक्ष एवं धुलिखेल नगरपालिकाका प्रमुख अशोक कुमार व्याञ्जुुलाई सफल कार्यकालको शुभकामना सहित सम्मान गरिएको थियो ।