2024 April 26/ 10:03: 54pm

ज्वाला’ र ‘मम’ पक्राउ
    धुलिखेल/प्रहरीले जर्बजस्ति चन्दा असुल्ने दुई युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धुलिखेल नगरपालिका वडा नम्वर ५ चौकोटका ३२ बर्षिय ज्वाला भन्ने कृष्णराम महत र खानिखोला गाउँपालिका वडा नम्वर ७ निवासी २८ बर्षिय मम भन्ने दिनेश गोले रहेका छन् । 
    जिल्लाका विभिन्न उद्योग, होटल, पसलहरुमा उद्योगी र ब्यवसायीसँग जर्बजस्ति चन्दा असुलेको अभियोगमा प्रहरीले महत र गोलेलाई पक्राउ गरेको प्रहरी प्रवक्ता डिएस्पी हरि खतिवडाले बताउनु भयो । महत यस अघि पनि विभिन्न अभियोगमा फरार ब्यक्ति हुन् । महतले पनौती, बनेपा क्षेत्रमा संचालित बिभिन्न उद्योगी व्यवसायीहरुलाई गुण्डा गर्दी शैलिमा धम्क्याउने, कुटपिट गर्ने लगायतका कार्यहरुमा संलग्न रहेको उजुरी प्रहरीले प्राप्त गरेको छ । 
    खानिखोला गाउँपालिका ७ निवासी गोलेले पनौती बजार, वडा एरियाहरुमा गुण्डागर्दी शैलिमा बिभिन्न किसिमका धाक धम्की दिदै, स्थानियहरुको दैनिक काम काजमा अबरोध पु¥याउने गरेको भन्ने कसूरमा संलग्न रहेको अभियोग रहेको प्रहरीले बताएको छ । काभ्रेपलाञ्चोक जिल्लाको विभिन्न स्थानमा संचालित विभिन्न उद्योगी व्यबसायीहरु, होटल व्यवसायीहरुबाट प्राप्त गुनासोको आधारमा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकबाट खटिएका प्रहरी अधिकृत टोलीले उद्योगी ब्यवसायीहरुलाई चन्दा मागेको अभियोगमा पक्राउ गरेको हो र पक्राउ परेका दुबै जनालाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद ५ को सार्बजनिक हित स्वास्थ्य सुरक्षा सुबिधा र नैतिकता बिरुद्ध सम्बन्धी कसूर अन्तर्गत मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट म्याद थप अनुमती लिई आवश्यक अनुसन्धान कार्य भईरहेको प्रहरीले जानकारी दिएको छ ।