2024 April 26/ 01:27: 28pm

    बनेपा/नेपाल पत्रकार महासंघ काभ्रे शाखा सदस्य जीवन पराजुलीको सवारी दुर्घटनामा परी निधन भएको १२ औ दिनको पुण्य तिथीको अवसर पारी नेपाल पत्रकार महासंघ काभ्रे शाखाले श्रद्धाञ्जली सभा तथा दिप प्रज्वलन गरेको छ । 
    नेपाल पत्रकार महासंघ काभ्रे शाखा अध्यक्ष मोतीराम तिमल्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पत्रकार महासंघका प्रदेश नम्वर ३ का उपाध्यक्ष यदुनाथ गौतम, सचिव सुरेश हुमागाईले पत्रकार जीवन पराजुलीले पत्रकारितामा पु¥याएको योगदानको चर्चा गरेका थिए । सोहि अवसरमा उनको आत्माको शान्तिको कामना गरिएको थियो । मण्डनदेउपुर नगरपालिकाको ढकालथोकमा कार्तिक १० गते सवारी दुर्घटना हुँदा उनी लगायत डिआईजी शुशिलकुमार भण्डारी, कांग्रेस नेता विनोद कार्कीको निधन भएको थियो । सवारी चालक प्रदीप बोगटी प्रहरी नियन्त्रणमा छन् । फोटो

हुमागाईंको शोकसभा
‘नेपालभूमि साप्ताहिक’ का संस्थापक प्रधान सम्पादक रामचन्द्र हुमागाईंको तेह«ौँ दिनको पुण्यतिथिको अवसर पारी नमोबुद्ध नगरपालिकाका प्रमुख टीपी शर्माको प्रमुख आतिथ्यतामा शोक सभा सम्पन्न भएको छ । सभामा मच्छेश्वर सापकोटा, द्रोणप्रसाद श्रेष्ठ, डा. इन्दुल केसी, प्रकाशबहादुर कायस्थ, शारदाप्रसाद शर्मा, पुण्यवती घले, चन्द्रबहादुर खड्का र रामप्रसाद अधिकारीले रामचन्द्र हुमागाईंको योगदानका विषयमा मन्तव्य राखेका थिए । 

पत्रकार पराजुलीको सम्झनामा शैक्षिक सामाग्री
    बनेपा/११ दिन अघि सवारी दुर्घटनामा ज्यान गुमाएका पत्रकार जीवन पराजुलीको स्मृतिमा फोटो पत्रकार महासंघ काभ्रे शाखाले दृष्टिविहिन अभिभावकको सन्तानलाई एक वर्ष अवधीका लागि शैक्षिक सामाग्री वितरण गरेको छ । 
    काभ्रेको मण्डन देउपुर नगरपालिका देउपुरमा टोयटा जीप दुर्घटना हुँदा पत्रकार पराजुली सहित डिआईजी शु्शिलकुमार भण्डारी र कांग्रेसका मजदुर नेता विनोद कार्कीको निधन भएको थियो । फोटो पत्रकार महासंघ काभ्रे शाखाले बनेपाको सिद्धार्थ बोर्डिङ्गमा अध्ययनरत कक्षा ४ कि उषा तामाङलाई ब्याग, जुत्ता मोजा, कापी कलम लगायतका सामाग्री वितरण गरेको थियो । फोटो पत्रकार महासघका केन्द्रिय अध्यक्ष धुर्व आले, महासचिव हरिप्रसाद रेग्मी, सचिव बालकृष्ण थापा क्षेत्र, नेपाल पत्रकार महासंघ काभ्रे शाखा अध्यक्ष मोतीराम तिमल्सिना, फोटो पत्रकार महासंघ काभ्रे शाखा अध्यक्ष केशवराज पौड्याल लगायतले स्व. जीवन पराजुली प्रति श्रद्धाञ्जली ब्यक्त गर्दै शोक सन्तप्त परिवारजन प्रति समवेदना ब्यक्त गरेका थिए । महासघंले उनको नाममा पत्रकारिता कोषको स्थापना गरेको छ । नेपाल पत्रकार महासंघ काभ्रे शाखाले पराजुलीको सम्झनामा १२ औ दिनमा बुधबार महासंघको कार्यालय बनेपामा दिप प्रज्वलन कार्यक्रम आयोजना गरेको छ ।