2024 April 26/ 05:28: 26am

    बनेपा/बनेपा बुडोलमा २०४९ सालमा स्थापना भएको काभ्रे शिक्षा विकास प्रतिस्ठानद्वारा संचालित काभ्रे मावीले २६ औ बार्षिकउत्सव कार्यक्रम सम्पन्न गरेको छ । 
    खुल्ला विश्वविद्यालयका उपकुलपति प्रा.डा लेखनाथ शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विद्यालयले प्राप्त गरेका शैक्षिक उपलब्धीहरु तथा विद्यार्थीहरुको प्रतिभा सहितको अतिरिक्त कृयाकलाप प्रस्तुत गरिएको थियो । कार्यक्रममा बोल्दै प्रा.डा शर्माले मुलुक सम्वृद्ध बनाउन शैक्षिक क्षेत्रलाई अगाडी बढाउनु पर्न बताउँदै मुलुकले खोजेको शिक्षा र खुला विश्वविद्यालयमा अध्ययन गर्ने ब्यवस्थाले सहजता हुँदै गएको बताए । काभ्रे माध्यमिक विद्यालयले चक, डस्टर र छडीको प्रयोग छाडी प्रविधियुक्त कक्षा र शिक्षा दिन शुरु गरेको प्रिन्सिपल कुमार मानन्धरले बताए । नाफा रहित गुठीद्वारा संचालन भएको विद्यालयको शैक्षिक सत्र २०७४ मा २ करोड ६३ लाख आम्दानी भई ६ लाख मुनाफा भएको थियो भने शैक्षिक सत्र २०७५ का लागि ३ करोड २१ लाख आम्दानीको अनुमान गरिएको छ । ६० जना विद्यार्थी र १० जना शिक्षकबाट भाडामा शुरु भएको विद्यालयको ११ करोड ३ लाख बराबरको सम्पति छ भने १ करोड ८५ लाख बराबरको दायित्व छ । ८२ जना शिक्षक र ११ सय ४५ विद्यार्थी रहेको उक्त विद्यालयबाट एसएलसी र एसईई मार्फत १४ सय ६२ उर्तिण भएका छन् भने कक्षा १२ मा ५ सय १२ उर्तिण भएका छन् । 
    २०६१ सालमा एसएलसीमा बोर्ड प्रथम र तृतिय स्थान हासिल गरेको उक्त स्कुलले २०७१ मा राष्ट्रिय स्तरमा १० औ स्थान हासिल गरेको थियो । २०७४ मा उत्कृष्ट कलेज प्रिन्सिपल अवार्ड प्राप्त विद्यालयले आगामी तीन वर्ष भित्र तहगत रुपमा शिक्षकहरुको तलब, उपदान, विदा लगायतको सुविधा उपलब्ध गराई विद्यार्थीहरुलाई २ हजारको स्वास्थ्य विमा गराएको छ । विद्यालयमा स्वास्थ्य शिविरको आयोजना गरी आँखा तथा मुटुमा हुने रोगहरुको नियन्त्रण गर्न सहयोग गरेको विद्यालयले पुस्तकालय, खेलकुद, ल्याव तथा अन्र्तराष्ट्रियरको परिक्षा समेत लिने गरेको छ । कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष जगन्नाथ अवा, संचालक सदस्य शान्तिराज कायश्थ, काभ्रे क्याम्पस संचालक समितिका अध्यक्ष लम्बोदर कायश्थ, विद्यार्थी प्रश्ना दाहाल, संजीवनी नमुना स्कुलका प्रधानाध्यापक सानकुकाजी महत, विद्यार्थीद्धय पुस्प घिमीरे र प्रियंका पाठकले विद्यदालयको शैक्षिक गतिविधिका बारेमा मन्तब्य राखेका थिए । फोटो