2026 June 25/ 02:21: 02pm

    बनेपा/सामुदायिक बन उपभोक्ता महासंघ प्रदेश नम्वर ३ ले शुभकामना आदान प्रदान तथा केन्द्रिय समितिमा निर्वाचित पदाधिकारीहरुलाई सम्मान गरेको छ । 
    प्रदेश नम्वर ३ का उद्योग, पर्यटन, बन तथा बातावरण मन्त्री अरुण नेपालले बनसँग पर्यटन, उद्योग र कृषि जोडेर मुलुकलाई सम्वृद्ध बनाउने यात्रा शुरु भएको बताए । अथाहा श्रोत र साधन भएको अवस्थामा पनि मुलुक गरिव भएको प्रसँग कोट्याउँदै मन्त्री नेपालले बन जोगाउन समुदायले खेलेको भूमिकाको प्रशंसा गर्दै जोगिएको बनबाट आय आर्जन र आम्दानी गर्न लाग्नु पर्ने बताए । कार्यक्रममा सांसद चन्द्र लामा, रत्न ढकाल, सामुदायिक बन उपभोक्ता महासघंका केन्द्रिय अध्यक्ष भारती पाठक, केन्द्रिय सदस्य शान्ता न्यौपाने, जिल्ला समन्वय समिति प्रमुख उद्धव केसी, प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत, डिभिजन बन कार्यालयका प्रमुख बद्रि कार्की, नेपाल पत्रकार महासंघ काभ्रे शाखा अध्यक्ष मोतीराम तिमल्सिना, सामुदायिक बन उपभोक्ता महासंघ प्रदेश ३ अध्यक्ष विनोद सापकोटा लगायतले मन्तब्य राखेका थिए ।