2026 June 29/ 03:00: 11pm

पनौती/साहित्यकार लक्ष्मण मतंछेका दुई साहित्यिक कृति लोकार्पण भएका छन् ।
कार्यक्रममा आरब प्रतिबिम्ब कविता संग्रह भाग २ तथा गुफामा १९ दिन होम आइसोलेसन सम्झना कृति पनौती नगरपालिका प्रमुख भीम न्यौपानेले  लोकार्पण गर्नुभएको छ ।
कार्यक्रममा लक्ष्मण मतंक्षेको रचना सुरेन्द्र श्रेष्ठको संगित तथा बालकृष्ण सेवाचार्यको संगित संयोजनमा तयार भएको ‘अन्नपानीको शरीर’ बोलको गीत समेत सार्वजानिक गरिएको थियो । कवि तथा गायक लक्ष्मण मतंक्षे तथा सुरेन्द्र श्रेष्ठ ‘लसुन’ जोडीको नामले साहित्यिक तथा संगितको क्षेत्रमा सक्रिय रहदै आउनु भएको छ ।  मातंक्षेको यस अघि आरब कविता संग्रह प्रकाशित भएको थियो ।
कार्यक्रममा मन्तव्य राख्दै प्रमुख न्यौपानेले राजनीतिक सामाजिक परिवर्तनमा साहित्य र संगीतको महत्वपूर्ण योगदान रहेको बताउँदै साहित्य संगीत रचनामा सक्रिय हुन सबैलाई अनुरोध गर्नु भएको थियो  । 
‘नगरका राम्रो कामलाई राम्रो भन्दिनुस कहिँकतै गल्ति भए सुधारका लागि सुझाव दिनुहोस  न्यौपानेले भन्नु भयो । पनौतीको समेत इज्जत रहने गरि साहित्य तथा संगितमा सक्रिय रहनुहोस नगरले सकेको सहयोग गर्छ ।’ उहाँको भनाई थियो । वरिष्ठ संगितकार सुरेश अधिकारीले प्रकाशित कृतिहरुमाथि समिक्षा गर्दै मातांक्षेको आरब प्रतिबिम्ब बनोटका हिसाबले नयाँ प्रयोग भएको बताउनु भयो  । जो जहाँ रहेपनि संगित, साहित्य सिर्जनामा सक्रिय रहनुपर्ने उनको भनाई थियो ।
कार्यक्रममा पनौती नगरपालिकाका बरिष्ठ प्रशासकिय  अधिकृत इन्द्र प्रसाद अधिकारी,  चलचित्र संघका अध्यक्ष रविन्द्र खड्का  पुर्व नगर प्रमुख सप्तकाजी बुद्धाचार्य, साहित्यकार दिनमान ग्रुमछ्यान, उप प्रमुख  गीता बञ्जारा,  संगितकार भूषण भोमी श्रेष्ठ,  काभ्रे कलाकार समाजका अध्यक्ष मेहन तौजले, वरिष्ठ लोक गायक मच्छेश्वर सापकोटा, गायक संगितकार अष्टलामा, चलिचित्र कलाकार नारायण घिमिरे लगाएतले कृतिको ब्याख्या गर्नु भएको थियो  ।
कार्यक्रम  पनौती नगरपालिकाका कृष्ण सैजुको सभापतित्वमा भएको कार्यक्रमको संचालन नरेन्द्र नगरकोटीले गर्नु भएको थियो ।