2026 November 25/ 12:38: 42am

    पनौती/रोटरी क्लब अफ पनौती, रोट¥याक्ट क्लब अफ पनौतीको आयोजना तथा ईन्ट¥याक्ट क्लब  सिद्धार्थ वनस्थली ईन्स्टिच्यूटको सहआयोजनामा दशैं, तिहार तथ नेपाल संवत ११४२ को शुभकामना आदान प्रदान आयोजना गरेको छ । 
    क्लबका पब्लिक ईमेज चेयर डा. सुमनराज ताम्राकारले संचालन गर्नुभएको उक्त कार्यक्रममा क्लबका अध्यक्ष ई. सितू सैंजूले सन् २०१६ मा रोटरी क्लब अफ पनौती स्थापना भए देखिका मुख्य मुख्य उपलब्धि संक्षिप्तमा प्रस्तुत गर्नुभएको थियो । उक्त कार्यक्रममा पनौती क्षेत्रका सरकारी, गैरसरकारी तथा स्थानीय संघसंस्थाका प्रतिनिधीहरुका साथै रोटरी क्लब अफ धुलिखेल, काभ्रे भ्याली तथा विभिन्न रोट¥याक्टका सदस्यहरुको पनि उपस्थिति थियो । कार्यक्रममा उपस्थित सबैजनालाई क्लबका अध्यक्षले ‘मकरमेला प्रवद्र्धनार्थ विकसित सेरामिक कप’ मायाको चिनो स्वरुप प्रदान गर्नुभएको थियो भने धन्यवाद ज्ञापन क्लबका प्रेसिडेन्ट ईलेक्ट मधुसुधन गुरागाईंले गर्नुभएको थियो ।