2024 March 28/ 07:13: 02pm

    चौकोट/लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्था लि.को २३ औं वार्षिक साधारणसभा बागमती प्रदेश भुमी ब्यबस्था कृषि तथा सहकारी मन्त्री चन्द्र लामाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । 
    प्रमुख अतिथी लामाले सहकारीहरुलाई नियमन गर्न सहकारी ऐन जारी गर्न लागिएको बताउनु भयो । केहि सहकारीका कारण सहकारीहरुकै बदनाम र जनताको पैसा जोखीममा परेको बताउँदै लमाले सहकारी ऐन जारी गर्नु परेको बताउनु भयो । अहिले सहकारीहरुलाई परेको समस्याका बारेमा नीतिगत रुपमा समधान गर्न लागेको र केहि समयमा नै सम्पन्न गरिने मन्त्री लामाले बताउनु भयो । वागमती प्रदेशमा सहकारीहरुले जनतालाई धेरै सेवा दिएकाले सरकारलाई समेत आर्थिक रुपमा सहयोग पुगेको लामाले बताउनु भयो । सहकारीहरुले अब बचत तथा ऋणको मात्र कारोबार नगरी सामुहिक रुपमा लगानी, कृषि ब्यबसाय शिक्षा स्वास्थय क्षेत्रमा लगानी गर्न आग्रह गर्नु भएको थियो । कार्यक्रममा पनौती नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष श्रीधर उपाध्याय, काभ्रे पलाञ्चोक जिल्ला बचत सघंका प्रथम उपाध्यक्ष ईन्द्रप्रसाद अधिकारी, द्वितीय उपाध्यक्ष तथा संस्थाका सल्लाहाकार तिर्थमाया प्रधान लगाएतका ब्यक्तिहरुले शुभकामना ब्यक्त गर्नु भएको थियो । कार्यक्रममा संस्थाको आर्थिक वर्ष २०७७÷०७८ को वार्षिक प्रतिबेदन सचिव सुवासना श्रेष्ठले र आर्थिक प्रतिवेदन कोषाध्यक्षले प्रस्तुत गर्नु भएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष्य मैया महतको सभापतित्वमा सम्पन्न भएको थियो ।