2021 October 19/ 05:56: 31pm

अध्यक्षमा प्रभुराम धिताल
    धुलिखेल/नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु धुलिखेल नगर कमिटीको चौथो नगर सम्मेलन नेकपा एमाले काभ्रेका अध्यक्ष एवं धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । 
    कार्यक्रममा बोल्दै अध्यक्ष ब्याञ्जुले विद्यार्थीहरु भविश्यका मुलुक संचालक भएकाले समयमै मुलुकको सहि अवस्था र भिजन भएको पार्टी नेकपा एमालेको विचारलाई संगठित गर्दै जानु पर्ने बताउनु भयो । उपप्रमुख विमला शर्मा, विद्यार्थी संगठनका केन्द्रिय कोषाध्यक्ष जेनिस लामा, केन्द्रिय पदाधिकारीहरु तथा सदस्यहरु, वडा अध्यक्षहरु, पार्टीका तथा विद्यार्थी संगठनका विभिन्न तहका नेता तथा कार्यकर्ताहरुको कार्यक्रममा सहभागिता रहेको थियो । सोहि अधिबेशनबाट अध्यक्ष प्रभुराम धिताल, वरिष्ठ उपाध्यक्ष सुनिल हुमागाईं, उपाध्यक्षहरु आशिष न्यौपाने, दिव्या धिताल, सरिता दनुवार, सुवाश चन्द्र लोप्चन, सचिव सुबोध धिमाल र सहसचिव भुपाल नापित, आष्मा सुवाल, सुजन कोइराला, कोषाध्यक्ष रोजिना श्रेष्ठ लगाएत निर्वाचित भएका छन् । ५१ सदस्यीय कमिटीमा विभिन्न क्यामपसमा अध्ययन गर्ने विद्यार्थीहरु सहभागि छन् ।