2021 October 19/ 07:04: 34pm

    धुलिखेल/काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेलमा प्रथम खुल्ला धुलिखेल मेयर फुटसल प्रतियोगिता २०७८ हुने भएको छ । १ लाख रुपैयाँको पुरस्कार राशी रहेको उक्त प्रतियोगितामा कम्तिमा ३२ टिमले भाग लिनेछन् । 
    नक आउट चरणमा खेलाईने उक्त प्रतियोगिता असोज २३ गते धुलिखेल ४ मा आयोजना हुने ब्याच नम्वर २०६५ का आयोजक रविन खड्गीले जानकारी दिनुभयो । धुलिखेलमा आयोजित पत्रकार सम्मेलनमा फुटसल प्रतियोगिताका बारेमा जानकारी दिदै खड्गीले फुटसल ठुलो पुरस्कार राशि भएको प्रतियोगिता रहेको बताउनु भयो । काभ्रेपलाञ्चोक जिल्ला, भक्तपुर, काठमाडौ, ललितपुर, सिन्धुपाल्चोक जिल्लाबाट प्रतियोगितामा भाग लिन सहभागिता जनाएका छन् । खुल्ला प्रतियोगितामा सहभागि टिमको उप विजेताले नगद ५० हजार प्राप्त गर्नेछ । उत्कृष्ट खेलाडी, उत्कृष्ट टिम, उत्कृष्ट स्कोर र गोलकिपर सहितलाई मेडल सहित पुरस्कृत गरिने आयोजकले जानकारी दिएका छन् । 
    धुलिखेल नगरपालिकाको विशेष सहयोग र एग्रो थाई फुडसको मुख्य प्रायोजन रहेको प्रतियोगिताको तयारीका लागि समुहका तर्फबाट शैलेश श्रेष्ठलाई कार्यक्रम संयोजकको जिम्मेवारी प्रदान गरिएको छ । प्रतियोगितासँगै सोहि दिन राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरमा खेल खेलिरहेका खेलाडीहरु भरत खवास, जर्ज प्रिन्स कार्की, विक्रम लामा र मणि लामालाई सम्मान गरिने छ भने सुरज्यू ठकुरी र तेज तामाङलाई नेपाल बाहिर भएकाले अन्य कार्यक्रममा सम्मान गरिने आयोजक शैलेश श्रेष्ठले जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा ब्याच नम्वर २०६५ का अध्यक्ष रविन खड्गी सहित अन्य सदस्यहरु, काभ्रे जिल्ला फुटबल संघका उपाध्यक्ष अमित खोँजु, सल्लाहकार निरोज खड्का, पत्रकार महासंघका अध्यक्ष बद्रिराज तिमल्सिना लगायतको सहभागिता रहेको थियो ।