2024 April 27/ 12:56: 39am

    धुलिखेल/दशै तिहार चाडपर्व लक्षित अलग्गै सुरक्षा योजना सार्वजनिक भएको छ । 
    काभ्रेपलाञ्चोक जिल्ला भएर अरनिको लोकमार्ग र बि.पि. लोकमार्गमा चल्ने सार्वजिनक तथा निजी सवारी सधानहरु र मानिसको बढी भिडभाड हुने संबेदनशील मानिएका स्थानहरु बनेपा र धुलिखेल नगर क्षेत्रहरुमा चाडपर्व लक्षित हुन सक्ने अपराध, अवैध चोरी निकाशी, लागु औषध ओसारपसार, पटकालगाएत अन्य प्रतिबन्धित चिजबस्तुहरुको चोरी निकाशी पैठारी, उत्पादन, भण्डारण, बिक्रीबितरण एवं दुरुपयोग हुन सक्ने भएकाले त्यस्ता गतिबिधिहरुलाई निस्तेज गरी शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन जिल्ला स्थित सरकारी कार्यालयहरु, बैक तथा बित्तिय संस्था लगाएत आर्थिक गतिविधि हुने स्थानहरु, मानिसको बढी भिडभाड हुने तरकारी, फलफुल बजार, डिपार्टमेन्टल स्टोर, होटल लज, प्रमुख व्यापारिक केन्द्र, प्रमुख धार्मिक तथा पर्यटकिय स्थल, जिल्लाको महत्वपूर्ण प्रतिष्ठान र लोकमार्ग भएर चल्ने सवारी साधनहरुमा लागु औषध र बिष्फोटक पदार्थ(पटका) ओसारपसार हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै प्राविधिक टोली गठन गरिएको छ । टोलीले आकस्मिक र नियमित अनुगमन गरिरहेको छ ।