2021 June 13/ 02:58: 50am

    पनौती/चाईल्ड रिस्गु नेपालले पनौती नगरपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । नगरपालिकाका नगर प्रमुख भिम न्यौपानेलाई संस्थाका सल्हाकार कुमार थापाले सामाग्री हस्तान्तरण गर्नु भएको थियो । 
    कोभिड महामारीका समयमा संस्थाले केहि सहयोग गर्ने उदेश्यले उक्त सामाग्री हस्तान्तरण गरिएको थापाले बताउनु भयो । नगरपालिकालाई स्यानिटाईजर १० लिटर, ह्याण्ड वास साबुन १० लिटर, माक्स ५०० पिस, थर्मलगन, ग्लोब्स, अक्सोमिटर, पिपिई, फेसशिल लगाएतका सामाग्री हस्तान्तरण गरिएको जनाएको छ । हस्तान्तरण पछि नगर प्रमुख भिम न्यौपानेले यो महामारीमा स्थानीय सरकार एक्लैले गर्न नसकिने भएकाले सबै संघ सस्था र जनताको साथ सहयोग चाहिने बताउनु भयो । जनताहरुले सरकारले लागु गरेको स्वास्थ्य मापदण्ड अनिवार्य मान्नुपर्ने र उक्त महारीविरुद्ध सबै लाग्नु पर्ने बताउनु भएको थियो ।