2021 June 13/ 01:17: 45am

    दोलालघाट/चाखोला हिगुवापाटी ज्याम्दी दोलालघाट सडकमा निर्माण भएको पुल सम्पन्न भएको छ । जिल्ला आयोजना कार्यान्वय ईकाई(अनुदान ब्यबस्थापन तथा स्थानिय पुर्वाधार) द्वारा निर्माण गरिएको उक्त पुल बनाउने ठेक्का बन्दन निर्माण सेवा प्रालिले पाएको थियो । 
    उक्त निमार्ण सेवाले सम्झौता सकिनु अगावै पुल निर्माण सम्पन्न गरेको हो । लामो समय देखी ज्याम्दीका जनताहरुलाई उक्त पुल नहुँदा वर्षातको समयमा आवत जावत नै ठप्प हुने गरेको थियो । पुल बने पछि धेरै सहज हुने विरामी पर्दा, उत्पादन गरेका तरकारी, दुध लगायत बजारमा लान समेत अब सहज हुने स्थानीय बताउँछन् । उक्त पुलको लम्बाई २५ मिटर र कुल ३ करोड ९० लाख ९५ हजारमा सम्झौता भएको थियो । त्यसै गरी उक्त आयोजना मार्फत सञ्चालन भएका गुम्बाहरुको समेत निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । भुम्लु गाउँपालिकाको सल्लेमा र दोलालघाटको ५२ किलोमा निर्माण भैईरहेका गुम्वाहरुको निर्माण अन्तिम चरणमा पुगेको राजकुमार कुवँंरले वताउनु भयो ।