2021 June 13/ 01:41: 39am

शुरु ग-यो हेल्प डेक्स 
    बनेपा-जिल्लाका सम्पूर्ण उद्योगी, ब्यापारी, उद्यमी र ब्यबसायीहरुलाई कोभिड १८ बाट सक्रमित हुन नदिन, साथै सक्रमित भएमा आकस्मिक सेवामा सहजीकरण र सहयोग गर्न  काभ्रे उद्योग बाणिज्य संघमा कोभिड हेल्प डेक्स सञ्चालन गरेको छ । हेल्प डेक्स मार्फत संकटमा परेका नागरिकहरुलाई सहयोग भएको छ । 
    संघका अध्यक्ष राजेन्द्र पसंछेले जिल्लामा कोहि पनि ब्यासायीहरु समस्यामा नपरुन् भन्नका लागी हेल्प डेक्स शुरु गरिएको बताउनु भयो । कोभिड १९ का कारण ब्यबसायीहरुलाई समस्या परेको र स्वास्थ्यको मापदण्ड पालना गरी नेपाल सरकारले तोकेको नियम पालना गर्न समेत अपिल गरेको महासचिब रविन्द्र बैदारले बताउनु भयो । बैदारले निषेधाज्ञाले कुनै पनि परिवार समस्या परेको भए उद्योग वाणिज्यमा सम्र्पक गर्न अनुरोध गर्नुभयो । उधोग वाणिज्य सघंले बनेपा नगरपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।