2024 April 26/ 05:21: 29pm

बनेपा÷नेपाल रेडक्रस सोसाइटी काभ्रेद्वारा बनेपा नगरपालिका लगायत जिल्लाका १३ वटै स्थानीय तहहरुलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । 
रेडक्रस जिल्ला शाखा सभापति नारायण ढुङ्गानाले नगरपालिका प्रमुख लक्ष्मी नरसिं बादेलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नु भएको थियो । कोभिड सक्रमण न्युनिकरणका लागि पालिकाबाट सन्चालन भैरहेको आईशोलेसनका लागि पिपिइ ३ थान, सर्जिकल मास्क ५०० थान, सुपानेप झुल ६  थान  हस्तान्तरण गर्नु भएको थियो ।  नेरेसो च्भ्त्क्क् परियोजना अन्तर्गत नगरपालिका अन्र्तगतका ५ वटा स्वास्थ चौकिहरुका लागि स्ट्रेचर लगायत आधारभुत मेडिकल किट्स र बालबालिकाहरूका लागि चाइलड प्लेइङ किट्स सहितका सामाग्रीहरु हस्तान्तरण गरिएको थियो । 
नेरेसो काभ्रेका सभापति नारायण ढुङ्गानाले १३ वटै स्थानिय तहहरुमा गएर रेडक्रसले सकेको सामाजिक सेवा गर्ने बताउनु भयो । उक्त हस्तान्तरणमा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कविराज उप्रेति, स्वास्थय शाखा प्रमुख शम्भु कुमार महतो लगाएतको सहभागिता रहेको थियो ।