2024 April 18/ 05:56: 10am

पनौती/प्रहरी चौकी पनौतीले नागरिक सुनुवाई कार्यक्रम आयोजना गरेको छ । चौकी प्रमुख सन्तोष बानियाँको अध्यक्षता तथा नगरपालिका प्रमुख भिम न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नागरिकहरुले प्रहरी र नगरपालिकासँग सरोकार राख्ने विषयका बारेमा ध्यानाकर्षण गराएका थिए । 
    स्थानीय सरकारले रोक लगाउनु पर्ने घरेलु मदिरा उत्पादन तथा विक्री वितरण, प्रयोगमा लगाउनु पर्ने रोक, सवारी साधनको नियमन, अनुगमन र चेकजाँच, सडक अतिक्रमण रोकथाम गर्न सुझाव दिएका थिए । सहभागिहरुले उठाएका विषयहरुमा नगर प्रमुख भिम न्यौपाने र प्रहरी चौकी पनौतीका इन्चार्ज सन्तोष बानियाँका साथै इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख योगेन्द्र तिमल्सिनाले प्रष्ट पार्नु भएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतीराम तिमल्सिना, बरिष्ठ प्रशासकिय अधिकृत इन्द्र अधिकारी, वडा अध्यक्ष गुणनाथ सापकोटा लगायतले मन्तब्य राख्नु भएको थियो । नागरिक समाजको तर्फबाट सन्तोष केसीले संचालन गरेको कार्यक्रममा उपप्रमुख गिता बञ्जारा तथा अन्य सदस्यहरु, विभिन्न संघ संगठनका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।