2021 April 16/ 04:09: 51am

जनागाल/भगवानथुम्की सामुदायीक बन उपभोक्ता समितिमा पुनः चित्र बहादुर खत्रीको अध्यक्षतामा नयाँ समिति चयन भएको छ । 
समितीको उपाध्यक्षमा सन्तोष थापा, सचिब बलमुकुन्द थापा, कोषाध्यक्ष सनि थापा, सहसचिव संगीता खत्री र सदस्यहरुमा गोकुल रायो, शम्भु मिजार, फत्तकुमारी थापा, सनिता विष्ट । धर्म भुजेल र लब खत्री रहनु भएको छ । समितिको उद्घाटन सत्रमा बनेपा नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष चन्द्र बहादुर खड्को प्रमुख आतिथ्यता रहेको थियो । खड्काले सामुदायिक वनमा उपभोक्ताको आयस्तर उकास्ने खालका विरुवाहरु लगाउन आग्रह गर्नु भएको थियो । पुराना रुखहरुलाई विस्थापन गर्दे नयाँ नयाँ प्रजाति र फलफुलका विरुवा लगाउनुपर्ने बताउनु भयो । 
सामुदायिक बनबाट कसरी उपभोक्ताहरको हितमा र आयस्तरमा बृद्धि हुन्छ त्यतातर्फ लाग्नु पर्ने खड्काले बताउनु भयो । उक्त भगवान थुम्की वन जिल्लाकै नमुना रहेकाले बनको संरक्षण र विचतिमा सिचित पोखरी निर्माण गर्न समेत खड्काले आग्रह गर्नु भएको थियो । 
कार्यक्रममा चेष्टा साप्ताहिकका सहसम्पादक लक्ष्मण तिमल्सिना लगायतका ब्यक्तिहरुले शुभकामना मन्तब्य राख्नु भएको थियो ।