2021 April 16/ 04:19: 50am

    बनेपा/मनकामना बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आफ्नै भवन निर्माण गरी उद्घाटन गरिएको छ । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले भवनको उद्घाटन गर्नुभयो । सोहि अवसरमा सहकारीले प्रकाशन गरेको मनकामना नामक स्मारिका विमोचन गरिएको थियो । 
    अध्यक्ष बालकृष्ण दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष गोपालप्रसाद घिमिरे, सचिव होमनाथ ढुंङ्गेल, कोषाध्यक्ष विदुरप्रसाद घिमिरे लगायतले मनकामना सहकारी एकिकरण पछिको अवस्था तथा वित्तिय प्रगतिका बारेमा जानकारी गराउनु भएको थियो । स्मारिका प्रकाशनको जिम्मेवारी प्राप्त गर्ने रामहरी दाहालले संस्थाले गरेका गतिविधिहरुका बारेमा जानकारी गराउनु भएको थियो । ७ आना जग्गामा निर्माण भएको भवन निर्माणका लागि २ करोड ७५ लाख खर्च भएको छ । ७ हजार शेयर सदस्य रहको उक्त सहकारीले शेयर सदस्यहरुको हितका लागि विभिन्न कार्य गरिरहेको छ । कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष मिनराज कँडेलले सहकारीहरुलाई नेतृत्व र उत्पादनसँग जोड्दै अघि बढ्नुपर्ने बताउनु भयो । मनकामना सहकारीले गरेका अभियानहरुलाई अझै अघि बढाउँदा शेयर सदस्यहरुको हितमा हुनु पर्ने सुझाव दिनुभयो । आफ्नै भवनबाट कारोबार शुरु गरेसँगै मनकामना सहकारीले सदस्यहरुको हितका लागि थप योजनाहरु ल्याउने अध्यक्ष बालकृष्ण दाहालले बताउनु भयो । 
    कार्यक्रममा राष्ट्रिय सहकारी बैकका संचालक सरिता भट्टराई, सहकारी अभियन्ताहरु, जनप्रतिनिधिहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।