2021 March 05/ 09:38: 25pm

    पनौती/काभ्रेपलाञ्चोक स्थित सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.को आ.व. २०७७÷२०७८ को पहिलो ६ महिनाको समिक्षा गोष्ठी सम्पन्न भएके छ । 
    समिक्षा गोष्ठीमा संस्थाका पूर्व अध्यक्षद्वय शम्भुलाल र दीपक थापाले उद्घाटन गरेका थिए  उपाध्यक्ष कुमारप्रसाद लामिछानेले अर्धवार्षिक समिक्षा गोष्ठीको लक्ष्य संस्थाले वार्षिक रुपमा लिएको लक्ष्यमा प्राप्तिको स्थितिका बारेमा जानकारी गराएका थिए । नेपाल राष्ट्र बैंकका उप निर्देशक एवं संस्थाको योजना तथा परामर्श उपसमिति सदस्य लक्ष्मी नारायण ताम्राकारले संस्था सवल र सक्षम रुपमा सुशासनमा रहेको बताउँदै क्षेत्र तथा कारावारको आधारमा संस्था ठूलो हुँदै गएकोले आन्तरिक ब्यवस्थापनमा नियन्त्रणको जोखिम न्युनिकरणमा ध्यान दिनुपर्ने बताउनु भयो । लेखा सुपरिवेक्षण समिति संयोजक हरीप्रसाद तिमल्सिनाले संस्थामा चालु आ.व. को पौष मसान्त सम्मको आन्तरिक र बाह्य लेखा परिक्षण सम्पन्न भएको र लेखा सुपरिवेक्षण समितिले सवल र सक्षम देखिएकोले पूर्ण सुशासनको प्रत्याभुति गराउन सफल रहेको बताउनु भयो ।
    संस्थाका कोषाध्यक्ष प्रताप ताम्राकारले लक्ष्य तथा योजना प्राप्तिको जिम्मेवारी ब्यवस्थापनको मात्र नभै सञ्चालक समुहको पनि रहेको उल्लेख गर्नुहुँदै समग्र वित्तिय लक्ष्य तथा प्राप्तिको बिवरण सहित संस्थाको वार्षिक बजेट तथा समग्र वित्तिय लक्ष्यमा कारण सहित पुनरावलोकन प्रस्तुत गर्नुभएको थियो भने प्रस्तुत गरिएको पुनरावलोकन आगामी वार्षिक साधारण सभाबाट अनुमोदन गराउने गरी गोष्ठीले पारित गरेको थियो । प्रमुख कार्यकारी अधिकृत मदन बस्नेतले संस्थाको समग्र वित्तिय तथा ब्यवस्थापकिय लक्ष्य र प्राप्तिको बिवरण र आगामि लक्ष्य सहित प्रस्तुत गर्नुभएको थियो ।संस्थाले यस आ.व. मा हालसम्म ३ सहकारी संस्था एकीकरणको स्वीकृती भई कारोवार समेत सुरु भैसकेको जानकारी गराउँदै २०७७ पौष मसान्तसम्म संस्थाले कुल कारोवार रकममा लक्ष्य भन्दा ७ करोड बढि हासिल गर्न सफल भएको बताउँदै संस्थाको सदस्य संख्या २७७६६ जना, शेयर पुँजि २७ करोड ५४ लाख, कुल कारोबार २ अर्ब ६७ करोड भएको जानकारी गराउनु भयो । 
    कार्यक्रममा संस्थाले तयार गरेको चौवार्षिक रणनितिक योजना अनुरुप आ.व.२०७७–०७८ को लागि निर्धारित लक्ष्यमा २०७७श्रावण १ गतेदेखि २०७७ पुष मसान्त सम्मको वित्तिय तथा गैर वित्तिय लक्ष्यमा भएको प्राप्ति तथा सो लक्ष्य प्रप्तिका क्रममा गरिएका कृयाकलापहरु देखिएका समस्या तथा त्यसका समाधानका लागि तयार पारिएका योजना र सोहि अनुरुप समयसिमा भित्र लक्ष्य हासिल गर्ने प्रतिवद्धता  समेत विभागिय प्रमुखहरुले प्रस्तुत गर्नुभएको थियो । संस्थाका अध्यक्ष प्रकाश वन्जाराले लक्ष्य प्राप्तिमा एकतावद्ध भएर लाग्नुपर्नेमा जोड दिनु हुँदै संस्थाको सक्षमता कायम राखि विकास र विस्तारका लागि आवश्यक संसाधन र स्रोतको ब्यवस्थापनमा कमि हुन नदिने प्रतिवद्धता ब्यक्त गर्नुभएको थियो । नेपाल राष्ट्र बैकका पूर्व निर्देशक श्यामकृष्ण दाहालले सहकारीमा सम्पत्ति शुद्धिकरण तथा आतंकवादी कृयाकलापमा वित्तिय लगानी नियन्त्रण विषयमा अभिमुखिकरण कार्यक्रम सञ्चालन गर्नुभएको थियो भने समग्र कार्यक्रमको सञ्चालन संस्थाका सचिव मुकुन्द शर्माले गर्नुभएको थियो ।