2021 March 05/ 10:07: 24pm

बनेपा/नेपाल कम्निष्ट पाटि( नेकपां) बनेपा नगरपालिका वडा नम्बर ९को बृहत कार्यकर्ता भेला बाट  विक्रम प्रजापतिको संयोजकमा  नयाँ कमिटी गठन गरेको छ । 
जसको सह संयोजक राम प्रसाद तिमल्सिना,सचिब सिताराम दाहाल सह सचिब श्रृषिराम गौतम लगाएत रहनु भएको छ । त्यसै गरी कमला अवालको संयोजकमा नयाँ नेतृत्व चयन गरेको  छ । जसको सचिबमा तारा अधिकारी र सह सचब लक्ष्मी तिमल्सिना रहनु भएको छ । नेपाल उत्पीडित जातिय मुक्ति समाज वडा समितीको संयोजक राम चन्द्र  विक सह –संयोजक सुजन परियार सचिब विनोद परियार, सदस्यहरुमा विवेक परियार अर्जुन सेन्चुरी, कमला परियार र दलबहालुर परिवार रहेका छन् । बृहत वडा भेलाको उद्घाटन पुर्व सञ्चार मन्त्री एवं नेकपा केन्द्रिय कमिटी सदस्य तथा काभ्रे ईन्चार्ज गोकुल प्रसाद बास्कोटाले गर्नु भएको थियो । बास्कोटाले माधब नेपाल र प्रचण्डलाई भगौडाको संज्ञा दिनु भएको छ । विरोध गर्ने गरिरहन्छन् हामि विकासमा अगाडी लम्की रहन्छौ बास्कोटाले भन्नु भयो । महिले आफ्नो निर्वाचन क्षेत्रमा मात्र नभई समग्र जिल्लामा बजेट राखी विकास गरेको बास्कोटाले बताउनु भयो । ठुलठुला विकासका आयोजना शुरु गरेका छौ सुनकोशि, पाचँखाल खानेपानि, काभ्रे एकिृत खानेपानि अन्तिम चरण पुगेको, सागाँ देखी धुलिखेल सम्म दायाँबायाँ ट्रयाक कालोपत्रे गर्ने चण्डेश्वरी मन्दिर देखी टनचोक सम्म सिढी निमार्ण, खोपासी तालढुङ्गा सडक लगाएत धेरै विकासका कामहरलाई तिब्रता दिएको बताउनु भयो । २३ वर्षमा हुन नसकेका कामहरु ३ बर्षमा गरिएको समेत बास्कोटाले वताउनु भयो । कार्यक्रममा नेकपा केन्द्रिय सदस्य विनोद गौतम, मदन भण्डारी फाउण्डेशन काभ्रेका अध्यक्ष एवं जिल्ला कमिटी सदस्य कुमार तिमलिस्ना, बनेपा नगरपालिका प्रमुख लक्ष्मी नरसिं बादे, उप प्रमुख रेखा सापकोटा दाहाल, जिल्ला कमिटी सदस्य रत्नकुश रञ्जित लगाएका ब्यक्तिहरुले शुभकामना मन्तबय राख्नु भएको थियो । कार्यक्रम सञ्चालन सिताराम दाहालले गर्नु भएको थियो भने सभापतित्व विक्रम प्रजापतिले गर्नु भएको थियो । 
त्यसै गरी नेकपा बनेपा नगर २ नम्बर वडा कमिटिको बृहत वडा भेला संविधान सभा सदस्य एवं नेकपा केन्द्रीय सदस्य रामहरि सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । कार्यक्रममा जिल्ला कमिटी सदस्य तुला प्रसाद दाहाल, बनेपा नगरपालिका ४ नम्बर वडा अध्यक्ष एवं जिल्ला कमिटि सदस्य श्याम सुन्दर श्रेष्ठ , जिल्ला कमिटि सदस्य रत्नकुश रञ्जित ,जिल्ला कमिटी सदस्यहरू सिताराम सजेल, गोपाल घिमिरे ,प्रमिला पाण्डे ,अर्जुन घिमिरे, राम प्रसाद तिमल्सिना ,चेतमाया घिमिरे र बिनोद घिमिरे लगायत सहभागी रहनु भयको थियो । भेलाले शालिकराम घिमिरे सयोजक र बिनोद घिमिरे सचिब रहेको ३१ सदस्य वडा कमिटि गठन गरेको छ ।