2024 April 27/ 06:07: 01am

नाला/चण्डेश्वरी माध्यमिक विद्यालयको ७३ औ वार्षिक उत्सब तथा अभिभावक दिवस कार्यक्रम बनेपा नगरपालिका प्रमुख लक्ष्मी नरसिं बादेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । 
कार्यक्रममा बादेले नगरका सम्पुर्ण विद्यालयमा नगरपालिकाले यो आर्थिक बर्ष देखी निशुल्क दिवा खाजा प्रदान गरिएको बताउनु भयो । नगरले गत वर्ष बाट कक्षा ७ देखी माथिका छात्राहरुलाई निशुल्क प्याड वितरण गरिएको  बताउनु भयो । नगरले सम्पुर्ण सामुदायीक विद्यालयको भौतिक प्रगति सगै शैक्षिक गुणस्णस्तर सुधार गर्नु पर्ने बताउनु भयो । कोरनाको समयमा विद्यालयमा स्वास्थय मापदण्ड पालन गरी बालबालिकाहरुको स्वास्थयमा विशेष ध्यान पुरयाउन आग्रह गर्नु भयो । नगरले विद्यालयहरुमा अहिले शिक्षक दरबन्दि मिलान कार्य गरिरहेकाले नपुगेको विद्यालयमा पठाउने र बढि भएको ठाँउमा घटाउन लागिएको बताउनु भयो । कार्यक्रममा विद्यालय ब्यबस्थापन समितीका अध्यक्ष एवं बनेपा नगरपािलका वडा नम्बर ४ का वडा अध्यक्ष श्याम सुन्दर श्रेष्ठले विद्यालयलाई जिल्लाकै नमुना बनाउन लागीएको बताउनु भयो । ३ वर्ष अघि १ सय ५० जना विद्यार्थी रहेकोमा २७७ सालको  शैक्षिक सत्रमा ४ सय ७५ पुगेको बताउनु भयो । विद्यालयमा प्ले ग्रुप देखी कक्षा १२ सम्म अग्रेजि तथा नेपालि माध्यम दुबै बाट अध्यापन गराएको कक्षा ५ सम्म दिवा खाजा ब्यबस्थापन , बालमैत्री विद्यालय, नर्सको ब्यबस्थापन लगाताका सुविधा र उत्कृष्ट क्वालिटी दिईरहेको बताउनु भयो । एसईई ए प्लस, ए ल्याउन सफल विद्यालयमा भौतिक सगै शेीक्षक गुणस्तरीयमा जोड दिदै आएको श्रेष्ठले बताउनु भयो । कार्यक्रममा बनेपा नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष कृष्ण प्रसाद दाहाल, नेकपा ४ नम्बर वडा संयोज रामगोपाल कर्मचार्य, नेपालि कांग्रेस प्रतिनिधी गोपाल श्रेष्ठ, विद्यार्थि अनुष्का श्रेष्ठ, प्राप्ती पराजुली लगाएतका ब्यक्तिहरुले शुभकामना ब्यक्त गर्नु भएको थियो । कार्यक्रममा विद्यालयको वार्षिक प्रतिबेदन प्रध्यानाध्यापक राजेन्द्र कुमार बज्रचार्यले प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा विद्यार्थिहरुले विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरेका थिए । कार्यक्रम शिक्षक श्याम प्रसाद पाण्डेले सञ्चालन गर्नु भएको थियो भने सभापतित्व ब्यबस्थापन समिति  अध्यक्ष श्याम सुन्दर श्रेष्ठले गर्नु भएको थियो ।