2024 April 27/ 10:41: 58am

काठमाडौ/नेपाल कम्युनिस्ट पाटी (नेकपा), काभे्र–काठमाडौं सम्पर्क मञ्चको आयोजनामा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम नेपाल कम्युनिस्ट पाटी (नेकपा)का केन्द्रीय सदस्य तथा काभ्रे जिल्ला इन्चार्ज, पूर्व संचार तथा सुचना प्रविधि मन्त्री, नेकपाका युवा नेता क.गोकुल बासकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथी बाँस्कोटाले मुलुक र राष्ट्रको हितका लागि प्रधानमन्त्री केपी ओलीले नाकाबन्दीको सामना गरी एउटा देश निर्भर हुनुपर्ने अवस्थाबाट मुलुकलाई हटाई विकल्प सहितको सम्झौता गरेको स्मरण गराउनु भयो । मुलुक निर्माण, समृद्धि, आत्मसम्मान, प्रगतिको बाटोमा अगाडि बढाउन निर्वाचनको विकल्प नभएको बास्कोटाले बताउनु भयो । ‘प्रचण्ड र माधव नेपाललाई प्रधानमन्त्री हतार भएको छ, त्यसको आधार के हो ? चुनावबाट भाग्ने ब्रम्हनालमा सुताएको मरेको लासलाई अस्पताल लगेर ब्युझाउँनु भने झै विघटित संसद् पुनस्र्थापना हुनुप¥यो भनेर कराउनुको अर्थ छैन बास्कोटाले भन्नुभयो । 
कार्यक्रममा केन्द्रीय सदस्य नरेन्द्र श्रेष्ठ, केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष अशोक ब्याञ्जु, केन्द्रियहरु  सदस्य कुमार खकुरेल, श्याम कुमार वस्नेत,अशोक कुमार ठकुरी, प्रकाश गौतम,रमेश पन्त, लक्ष्मण बहादुर रायमाझी, पूर्व राज्यमन्त्री तथा केन्द्रिय सदस्य रेशम लामा, वाग्मती प्रदेश सम्पर्क कमिटी सचिवालय सदस्यहरू क्रमश ः करणकुमारी बालम्पाकी मगर, ठाकुर बाँस्कोटा, ध्रुव श्रेष्ठ, सविना स्याउला, धनबहादुर मगर, काभ्रे जिल्ला कमिटी सचिवालय सदस्यहरू ईन्द्र तामाङ, केशब बडाल, कञ्चन अधिकारी, राजन भुर्तेल, कृष्णचन्द्र आचार्य, शेखर लामा, कुमार भट्टराई, पवित्रा भुर्तेल,जनार्दन अधिकारी, बागमती प्रदेश सम्पर्क कमिटीका सदस्यहरू धर्मेन्द्र खकुरेल, रेवति उप्रेती, बरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारी, काभ्रे–काठमाडौं सम्पर्क मञ्चका पूर्व अध्यक्ष प्रद्युम्न पाण्डे, पूर्व प्रेस चौतारी नेपालका उप महासचिव हिरामान लामा, नेपाल केन्पो खुकुरी मार्शल आर्ट संघका केन्द्रीय अध्यक्ष पूर्ण पाण्डे, विभिन्न जनवर्गीय संगठनका नेता कमरेडहरू, अनेरास्ववियु लगायत जिल्ला कमिटीका विद्यार्थी नेता कमरेडहरू, बुद्धिजीवी, पेशाकर्मी, उद्योगी, व्यवसायी लगायत उपस्थित रहेको थियो । 
कार्यक्रम काभ्रे–काठमाडौ सम्पर्क मञ्चका संयोजक विष्णु खनालको सभापतित्वमा सम्पन्न भएको थियो ।