2021 January 21/ 09:43: 47am

बनेपा/बनेपा नगरपालिका वडा नम्बर १० स्थित थापा गाउँमा रहेको गोरखकाली मन्दिरमा दिवंगत भएकाहरुको उद्धारको कामना सहित श्रीमद् भागवत ज्ञान महायज्ञ सम्पन्न भएको छ ।
सप्ताह समापनका प्रमुख अतिथी एवं गोरखकाली मन्दिरका अध्यक्ष तथा समाजसेवी आत्माराम थापाले सम्पुर्ण सहयोगीहरुलाई धन्यबाद दिनु भएको थियो । गोरखकाली मन्दिर निर्माण सम्पन्नका लागी र दिंवगत पितृहरुका लागि लगाएको सप्ताहमा धेरै ब्यक्ति र संघ संस्थाहरुको सहयोग रहेको थियो । पौष ११ गतेदेखी सुरु भएको महायज्ञमा विहान ११ बजेदेखी दिउँसो ४ बजेसम्म कथा वाचक पण्डित सुश्री सविना देवी नेपाल र उप–वाचक पण्डित अच्युत खनालबाट प्रवचन भैएको थियो । २०६२ सालदेखी १४ वर्षको उमेर देखी कथाबाचन शुरु गरी नेपालका धेरै जिल्ला र भारतको केहि शहरहरुमा समेत कथा बाचन गरेको पंडित सविना नेपालले बताउनु भयो ।  सप्ताहको अन्तिम दिन १६ जना बटुकहरुको सामुहिक ब्रतबन्ध गरीएको थियो । 
गोरखकाली मन्दिरमा हरेक पूर्णिमाको दिनमा क्षमापूजा गरी दिनको १२ बजेपछि माताको मूर्तिमा छोपिएको कपडा पूर्ण कदको दर्शन गर्न पाईने मुल पुजारी मुकुन्द राज देउजाले बताउनु भयो । देउजाले मन्दिरमा हरेक महिनाको अष्टमी गोरखकाली पुजाको दिन हवन हुने गरेको मन्दिरमा एकपटक दर्शन गरे मनले चाहेको पूरा हुने धार्मिक विश्वास रहेको बताउनु भयो । 
समापन कार्यक्रममा सप्ताहमा सहयोग गर्ने ब्यक्ति तथा सघं सस्थाहरलाई सम्मान गरिएको थियो । सप्ताहमा कुल रकम ४ लाख ५६ हजार प्राप्त भएको थियो भने सबैभन्दा बढी लक्ष्मी थापाले २५ हजार ७५ दान गर्नु भएको मन्दिरका अध्यक्ष आत्माराम थापाले बताउनु भयो ।