2024 April 27/ 09:53: 39am

    पाँचखाल/पाँचखाल नगरपालिकाको आ.व २०७४÷०७५ को वार्षिक समिक्षा नगर उप प्रमुख लक्ष्मी दनुवारको अध्यक्षतामा सम्पन्न भएको छ । 
    समिक्षा कार्यक्रममा नगरका प्रमुख प्रशासकिय अधिकृत भोला चापागाईले नगरका गतिविधीका बारेमा प्रस्तुतीकरण गरेका थिए । नगरको गत आ.व को आय ४९ करोड ४३ लाख ४५ हजार ६ सय ४९ र ब्यय ३९ करोड ६९ लाख ७१ हजार ७ सय ९८ तथा मौज्दात ८ करोड ८८ लाख ४० हजार ५८ रहेको बताए । नगरमा गत आ.व मा ३ सय ९४ योजना रहेकामा ३ सय ५६ वटा सम्पन्न भएका, नगर अन्र्तगतका सबै विद्यालयको लेखापरिक्षण सम्पन्न गरेको, नगर यातायात गुरु योजना तयार, झिँगु खोला बाँध निमार्णको लागी प्रि फेसविलिटी अध्ययन सम्पन्न, सुचना तथा जानकारीको लागी सहज र सरल रहेको, मोवाईल एप्स सञ्चालनमा ल्याईएको, पछिलो समयको नगर पाश्र्वचित्र तयार गरिएको, सम्पत्ति कर लागु गरिएको, सुरक्षाको लागी नपा भित्र सिसिटिभी क्यामेरा जडान लगायतका कार्य गरेको सभामा बताए । नगरपालिकाले भौतीक संरचनाहरुमा नपाको भबनको निमार्ण कार्य जारी रहेको र वडा कार्यालयहरु मध्ये वडा नं ५ को निर्माण कार्य अन्तिम चरणमा २, ७ र १० को निर्माणाधिन रहेको बताएका थिए । कार्यक्रममा नगरपालिकामा कर्मचारी अभाब, आन्तरीक आयको न्यूनता, भौतिक संरचनाको अभाव, योजना फरफारमा समस्या, समाजिक क्षेत्रमा लगानीको अभाब, योजनाहरु कार्यान्वयन हुन नसकेका कारणले नगरपालिकाले सोचे अनुरुप अझै काम गर्न नसकेको बताए । चापागाईले तुरुन्त कर्मचारी पुर्ति गर्नु पर्ने, आन्तरीक आयको श्र्रोत बढाउनु पर्ने, वडा कार्यालयहरुको भौतिक संरचना सुधार गर्नु पर्ने, उपभोक्ता समितिलाई तालिमको ब्यबस्था गर्नु पर्ने, सामाजिक क्षेत्रमा लगानी बढाउने बाताबरण बनाउनु पर्ने, उपभोक्ता समितीलाई क्रियाशिल बनाउन सके मात्र जनताका भावना अनुसार काम गर्न सकिने बताएका थिए । 
    कार्यक्रममा वडा न. ७ वडा अध्यक्ष पुष्कर ढकाल, ९ का किरण श्रेष्ठ, लबग्रिन नेपालका नारायण ज्ञावाली, चेष्टा साप्ताहिकका बरिष्ठ कार्यालय प्रमुख लक्ष्मण तिमल्सिना, नेकपा पाँचखालका प्रतिनिधी मणिराज गौतमले नगरपालिकालाई समयमा योजना सम्झौता गरी उपभोक्ताहरुलाई क्रियाशिल बनाउन सुझाब दिएका थिए । पाँचखाल नगर कृषि शहर भएकोले कृषकहरुलाई उत्पादनमुलक तालिमको ब्यबस्था, विउ विजनको ब्यबस्था गर्न आग्रह गरेका थिए । कार्यक्रममा कार्यक्रममका अध्यक्ष तथा उप प्रमुख लक्ष्मी दनुवारले जनताको जिवन उकास्न नगरपालिकाले कार्यक्रम ल्याउने वताईन् । सबै क्षेत्रबाट आएका सुझाबहरुलाई सम्पतीको रुपमा लिई आगामी दिनमा अझै विकास निमार्णलाई अगाडी बताइएकी थिईन् । नगर र वडामा सबै जनप्रतिनिधीहरुले आफ्नो पनि जिम्वेवारी सम्झेर काम गर्न आग्रह गरिन् । कार्यक्रममा सभामा सहभागिहरुले उठाएका जिज्ञासा र सुझाबलाई कार्यान्वयन गरिने प्रमुख प्रशासकिय अधिकृत भोला चापागाईले बताए ।