2021 January 21/ 11:19: 19am

    धुलिखेल/राष्ट्रिय युवा संघ नेपाल धुलिखेल नगर कमिटीले नेकपाको केन्द्रिय सदस्यमा मनोनित नेताहरुलाई बधाई तथा शुभकामनाका साथै अगुवा युवाहरुको भेला गरेको छ । भेलाको अध्यक्षता अध्यक्ष सिबी तामाङले गर्नु भएको थियो । भेलाले युवाहरुमा उत्साह भरिएको सहभागिहरुले बताएका थिए । 
    केन्द्रिय सदस्य, जिल्ला इन्चार्ज एवं पूर्व मन्त्री गोकुल बास्कोटाले युवाहरुले मुलुकको विकास र समृद्धिका लागि जनताको पक्षमा काम गर्नुपर्ने बताउनु भयो । पार्टीभित्र सरकारलाई असफल बनाउन, नेताहरुलाई असहयोग गरी काम गर्न नदिएको, पार्टीका कुनै गतिविधिहरु गर्न नदिईएको बताउँदै आगामी निर्वाचनबाट त्यस्ता तत्वहरुलाई पराजित गर्नुपर्ने बताउनु भयो । पार्टीका सबै कमिटीहरुलाई चुस्त दुरुस्त बनाउने अभियानका साथ लाग्न नेता बास्कोटाले युवाहरुलाई निर्देशन दिनु भएको थियो । कार्यक्रममा नेकपा काभ्रेका अध्यक्ष अशोक ब्याञ्जुले मुलुकले लिएको समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई जनतासम्म पु¥याउन सरकारले घोषणा गरेको निर्वाचन सफल बनाउने, पार्टी कामलाई तल्लो तहसम्म पु¥याउन युवाहरुलाई अनुरोध गर्नुभयो । युवाहरुलाई स्वरोजगार बनाउँदै आत्मनिर्भर बन्न, रोजगारका कार्यक्रमहरुलाई प्राथमिकतामा राख्न अध्यक्ष अशोक ब्याञ्जुले अनुरोध गर्नु भयो । 
    भेलामा युवा नेता प्रदेश सभा सदस्य एवं केन्द्रिय सदस्य चन्द्र लामाले युवाहरुको काँधमा आएको जिम्मेवारी इमान्दारितापूर्वक पुरा गर्ने बताउनु भयो । कार्यक्रममा केन्द्रिय सदस्य रिता ढकालले माओवादीले संचालन गरेको सशस्त्र युद्ध पछि पार्टीले लिएका सबै कार्यदिशाहरु फेल भएकाले अग्रगामी कदमका लागि प्रधानमन्त्रीको कदम सहि भएको बताउनु भयो । जिल्ला अध्यक्ष विक्रम चौलागाईले पार्टी र सरकारलाई असहयोग गर्नेहरुलाई खवरदारी गर्दै युवाहरु नेपाल र नेपालीहरुको हितका पक्षमा उभिनु पर्ने बताउनु भयो । गणेश आचार्यले संचालन गरेको कार्यक्रममा आनन्द यगोलले स्वागत मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा केन्द्रिय सदस्यहरु, जिल्ला नेताहरु, नगर तथा पार्टीका विभिन्न कमिटीमा रहेका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।