2021 January 21/ 11:49: 27am

खरेल र हुमागाईलाई सम्मान
    बनेपा/पत्रकार प्रदिप केसीले लिला मध्यमार्ग अक्षयकोषको स्थापना गरी पिता लिलाबहादुर केसीसँग राजनीतिक तथा सामाजिक जीवन विताउनु भएका पूर्व मन्त्री कांग्रेस नेता राजेन्द्र खरेल र प्रदिप केसीका पत्रकारीताका गुरु स्व. रामचन्द्र गुरागाईलाई मरणोपरान्त सम्मान गरेका छन् । 
    पत्रकार महासंघका अध्यक्ष मोतीराम तिमल्सिना, शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्री, अक्षयकोषका अध्यक्ष प्रदिप केसीले राजेन्द्र खरेलका छोरा महेश खरेल र स्व. रामचन्द्र हुमागाईका छोरा राजु हुमागाईलाई ताम्रपत्र, दोसल्ला र मायाको चिनो मार्फत सम्मान गर्नु भएको थियो । १९९३ चैत्र महिनामा जन्मिएका लिलाबहादुर केसी भारतमा केहि समय काम गरी जन्म स्थान मल्पि गाउँपञ्चायतको प्रधानपञ्च भई सेवा गर्नु भएको थियो । उहाँकै सम्झनामा पत्रकार प्रदिप केसीले अक्षयकोषको स्थापना गर्नु भएको हो । सोहि अवसरमा पुर्व शिक्षक चुडाप्रसाद चौलागाईद्वारा लिखित सम्झनाका क्षणहरु पुस्तक पूर्व शिक्षा सचिव चन्द्रबहादुर खड्काले विमोचन गर्नु भएको थियो । 
    कार्यक्रममा सम्मानित ब्यक्तित्व राजेन्द्र खरेलका बारेमा पत्रकार ईश्वरीराजकुमार मैनालीले प्रकाश पार्नु भएको थियो भने स्व. रामचन्द्र हुमागाईका बारेमा प्रकाश कायश्थले प्रकाश पार्नु भएको थियो । पुस्तकका बारेमा शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले प्रकाश पार्नु भएको थियो । अध्यक्ष प्रदिप केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तब्य मधुसुदन तिमल्सिनाले राख्नु भएको थियो भने कार्यक्रम संचालन पत्रकार कपिल कोईरालाले गर्नु भएको थियो । कार्यक्रममा सहभागीहरुले ब्यक्ति सम्मान र ब्यत्तित्वहरुका बारेमा चर्चा गरेका थिए ।