2020 November 30/ 09:47: 23am

बनेपा/काभ्रे जिल्ला आयुर्वेद अस्पताल बनेपाले तीन दिने राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी जयन्तीमा दिवस मनाएको छ ।  
धन्वतरी दिवसको अवसरमा बनेपामा रहेको बौद्ध बृद्धाश्रममा बृद्धहरुको लागि आयर्वेदिक पौष्टिक आहार वितरण गरिएको थियो । बनेपा नगरपालिकाको वडा नं ९ का वडा अध्यक्ष शेरबहादुर सुवालको प्रमुख आतिथ्यतामा जिल्ला आयुर्वेदिक अस्पतालको प्रमुख डा. मनोज चौधरीले बृद्धाश्रममा रहेका बृद्धहरुलाई पौष्टिक आहार वितरण गरिएको बताउनु भयो । कार्यक्रममा बनेपा नगर कार्यपालिका सदस्य अम्बिका प्रजापति, बनेपा नगरपालिकाको प्रेस सल्लाहकार लक्ष्मण तिमल्सिना, जिल्ला आयुर्वेद अस्पतालका  रमेश प्रसाद पनेरु, लेखा प्रमुख कृष्ण प्रसाद पराजुली लगायतको उपस्थितिमा बृद्धहरुको लागि पौष्टिक आहार बितरण गरिएको थियो । तीन दिने दिवसीय कार्यक्रम अन्तर्गत राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी जयन्ती २०७७ को पूर्व सन्ध्यामा पहिलो दिन जिल्ला आयुर्वेद अस्पताल आसपास सरसफाई समेत गरि दिवसको सुरुवात गरिएको डा. मनोज चौधरीले जानकारी दिए । दोस्रो दिन बृद्धाश्रममा रहेको बृद्धहरुको लागि आयुर्वेदिक पौष्टिक आहार वितरण गरिएको तेस्रो दिन कार्यालयमा दिवस मनाएको डा. चौधरीले बताउनु भयो । चौधरीले जिल्ला आयुर्वेद अस्पतालबाट अन्य समयमा समेत योगा, निःशुल्क औषधी वितरण, पालिकाहरुमा औषधी वितरण गर्दै आएको बताउनु भयो । बागमती प्रदेश अन्तर्गत रहेको उक्त अस्पतालले अन्य जिल्लामा समेत स्थानिय सरकारसँग समन्वय गरी स्वास्थ्य शिविर र आयुर्वेद औषधी वितरण गरिने बताउनु भयो ।