2020 October 21/ 09:55: 24am

पनौती/पनौती प्राविधिक शिक्षालयमा शैक्षिक सत्र २०७७–७९को लागी २४ महिने अवधिको औद्योगिक प्रशिक्षार्थी (अप्रेन्टिसप) तालिमका कक्षाहरु सञ्चालन हुने भएको छ । 
दिगो तथा सम्मानित रोजगारीका लागी सीप परियोजनाको सहयोगमा प्रि डिप्लोमा ई–अटोमोबाईल ईन्जिनियरिङका कक्षाहरु सञ्चालन गर्न लागिएको शिक्षालयका प्रिन्सिपल दिपक बाबु अर्यालले जानकारी दिनुभयो । उक्त विषय लिई अध्यापन गर्नका लागि एसएलसी वा एसईईमा कुनै पनि ग्रेड प्राप्त गरेका विद्यार्थीहरुले अध्ययन गर्न सक्ने अर्यालले बताउनु भयो । शिक्षालयमा शैक्षिक सत्र २०७७ मा डिप्लोमा ईन अटोमोबाईल ईन्जिनियरिङ्ग, प्रि–डिप्लोमा ईन अटोमोबाईल ईन्जिनियरिङ्ग नियमित र यो वर्ष नयाँ विषय प्रि–डिप्लोमा ईन अटोमोबाईल ईन्जिनियरिङ्ग औद्योगिकका विषयहरु सञ्चालन गरिएको   प्रिन्सिपल अर्यालले बताउनु भयो । अर्यालले उक्त विषय सञ्चालन गर्नुको उद्देश्य युवाहरु बेरोजगार भएका कारण विश्वका विकसित देशहरुका युवाहरुमा एकदमै आकर्षक रहेको र सफलतापूर्वक सम्पन्न भएको औद्योगिक प्रशिक्षार्थी तालिमबाट उद्योगले चाहेको सीपयुक्त जनशक्ति उत्पादन हुने, तालिमकै अबधिमा समेत काम सिक्दै केहि आयआर्जन गर्न सकिने, सीप अभिबृद्धि गर्ने वताईएको छ । २०५० साल देखी निरन्तर प्राविधिक विषयहरु अध्यापन गराई रहेको उक्त शिक्षालयमा छोटो अवधिका तालिमहरु समेत सञ्चालन गरिरहेको समेत प्रिन्सिपल अर्यालले बताउनु भयो । नेपालमा बढ्दो बेरोजगारलाई लक्षित गर्दे सीपयुक्त शिक्षा प्रदान गर्न सकियो भने आत्मनिर्भर बन्न सहयोग पुग्ने बताउनु भयो । शिक्षालयको सञ्चालनका लागी आफ्नै न्यूनतम पूर्वाधारहरु शैक्षिक भवन, आवास गृह, कार्यलय भवन, कार्यशाला र शैक्षिक उपकरण तथा सामाग्रीको समेत ब्यबस्था रहेको छ ।