2020 October 21/ 10:23: 48am

बनेपा/नेपाल हृदय रोग निवारण प्रतिष्ठानले मुटुसम्बन्धी रोगको रोकथाम र प्रचार प्रसारको उद्देश्यले विश्व मुटु दिवसको अवसरमा नेपाल हृदय रोग निवारण प्रतिष्ठान केन्द्रिय कार्यालयद्वारा विभिन्न ५ वटा शीर्षकमा राष्ट्रिय स्तरीय निबन्ध प्रतियोगिता आयोजना गरेको थियो । 
जसमा देशभरीका २ सय १२ जना कक्षा १० मा अध्ययनरत भाइबहिनीहरुले भाग लिएका थिए ।
उक्त कार्यक्रममा विभिन्न विद्यालयबाट भाग लिने विद्यार्थी एवं शिक्षकहरु तथा अभिभावकहरूको उपस्थिति रहेको थियो । साथै सम्पूर्ण सहभागी बिद्यार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरेको थियो । विभिन्न शीर्षकमा प्रस्तुत गरिएको निबन्ध प्रतियोगितामा काभ्रेबाट ५ जना भाइबहिनीहरू विजेता हुन सफल भएका छन् ।
काभ्रे जिल्लाबाट ३८ जनाविद्यार्थीहरु सहभागी भएकोमा श्रेया श्रेष्ठ विद्या सागर अँग्रेजी माध्यमिक विद्यालय, बनेपा र प्राप्ती पराजुली श्री चण्डेश्वरी माध्यामिक विद्यालय, नालाकी छात्राले द्धितीय त्यसैगरी सृजना घिसिङ्ग  चक्रज्योती माध्यामिक विद्यालयसँग र सितास्मा सापकोटा एसओएस बालग्राम पनौतीका छात्राहरू तृतिय हुनुभएको थियो भने प्रसन्ना श्रेष्ठ विद्या सागर अँग्रेजी माध्यमिक विद्यालय, बनेपाका छात्राले सान्त्वना पुरस्कार प्राप्त गरेकी थिईन् ।
नेपाल हृदयरोग निवारण प्रतिष्ठान काभ्रेका सभापति अशोक श्रेष्ठको अध्यक्षतामा पुरस्कार वितरण कार्यक्रम आयोजना गरिएको थियो । सहयोगी संस्था रोटरी क्लब अफ धुलिखेलका अध्यक्ष सुशिल व्याञ्जु श्रेष्ठ र धुलिखेल अस्पतालका बाल मुटु रोग विशेषज्ञ डा.अनिश जोशीले विद्यार्थी भाईबहिनीहरुलाई सचेत र जागरुक गराउनुको साथै मुटुरोग बारेको सचेतना फैलाउन निबन्ध प्रतियोगिताले विशेष महत्व रहेको कुरा जानकारी गराउनु भएको थियो । कोभिड–१९ बाट फोक्सोलाई प्रत्यक्ष रुपमा असर गरिरहेको हुन्छ भने मुटुलाई अप्रत्यक्ष रुपमा असर गरिरहेको कुरा स्पष्ट गरी मुटु रोगीहरु अझै सजक रहनुपर्ने सल्लाह दिनु भएको थियो । मुटु रोग अत्यन्त जटिल स्वास्थ्य समस्या भएको र यसको उपचार अत्यन्त महंगो हुने हुदाँ रोग लाग्नु भन्दा रोग लाग्नै नदिनु उत्तम उपाए हुने बताउनुभयो । कार्यक्रममा नेपाल हृदय रोग निवारण प्रतिष्ठान, काभ्रेका सभापति अशोक कुमार श्रेष्ठले विद्यालयका भाइबहिनीहरुबाटै मुटु बचाउने अभियानमा जुट्न सबैमा अनुरोध गर्नुभएको थियो ।