2020 October 21/ 10:48: 48am

    पाँचखाल/कान्तिपुर सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभको सातौ सदस्य सेवा केन्द्रको उद्घाटन पाँचखाल नगरपालिकाका नगर प्रमुख महेश खरेलले गर्नु भयो । 
    नगर प्रमुख खरेलले पाँचखाल नगरपालिकामा वित्तिय संस्थाहरु थपिने क्रम बढ्दै गएकाले आर्थिक क्षेत्रमा सुधार हुने बताउनु भयो । पाँचखाल नगरपालिका आफैमा कृषि नगरपालिका हो, सहकारी थपिनु भनेको आर्थिक क्षेत्रमा एउटा ईट्टा थपिएको खरेलले वताउनु भयो । सहकारी अभियानमा प्रतिस्पर्धा नभै सबैसँग सहकार्य गरी अघि बढ्न् र  स्थानीय तह संगको समन्वयमा कार्यक्रम सञ्चालन गरी  सिपमुलक तथा ब्यवसायिक तालिम र सहुलियत र सहज कर्जाको माध्यमबाट तत्काल आय–आर्जन हुने कार्यक्रम सुरुवात गर्न सञ्चालकलाई आग्रह गर्नु भएको थियो । नगर प्रमुख खरेलले कृषिलाई प्राथमिकतामा राख्दै नगरपालिकाले समुदायका हितका कार्यमा सहकार्यका साथ अघि बढ्ने समेत प्रतिवद्धता ब्यक्त गर्नु भएको थियो । कार्यक्रममा को–अपरेटिभका अध्यक्ष हिमालय मल्ल विक्रम ठकुरीले सहकारीले काठमाडौ, ललितपुर, भक्तपुर र काभ्रे गरी सातौ सदस्य सेवा केन्द्र सञ्चालन गरिएको बताउनुृ भयो । 
    संस्थाको केन्द्रिय कार्यालय काठमाडौंको तिनकुनेमा रहेको र काभ्रेमा बनेपा, भकुण्डे र पाँचखालमा सेवा केन्द्र शुरु गरी सदस्यहरुलाई सेवा प्रदान गरिएको मल्लले बताउनु भयो । आर्थिक वर्ष २०७७÷०७८ मा सहकारीले कुल ३ अर्ब कारोबार गरेको ठकुरीले बताउनु भयो । बनेपा सेवा केन्द्रका प्रमुख पुष्पराज कोईरालाले सदस्यहरुको मागलाई ध्यानमा राख्दै पाँचखाल र भकुण्डेबाट सेवा शुरु गरिएको बताउनु भयो । सदस्यहरुलाई सहकारीले बचत तथा ऋण, सिपमुलक तालिम, कृषि तथा ब्यबसायमा सामुहिक लगानी गर्दे आएको बताउनु भयो । कार्यक्रममा को–अपरेटिभका प्रबन्ध सञ्चालक प्रेम लामा, बाग्मति टिपर ब्यबसायी संघका अध्यक्ष प्रेम लामा, पाँखाल नगरपालिकाका वडा अध्यक्षहरु, विभिन्न सहकारीका प्रतिनिधी, स्थानीयबासी लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा को–अपरेटिभ पाँचखाल सेवा केन्द्रका प्रमुख उत्तरकुमार अधिकारी रहनु भएको जनाएको छ  ।