2020 May 31/ 07:12: 11pm

बनेपा/कोरोना भाईरसको संक्रमण बढ्दै गएपछि बनेपामा रहेका दुईवटा तरकारी बजार बन्द गर्ने निर्णय गरेका छन् । ब्यवसायीहरुले भिडभाड नियन्त्रण गर्न नसकेकै कारण जोखिम बढेकाले बन्द गर्ने निर्णय गरेको बनेपा तरकारी तथा फलफुल ब्यवस्थापन समितिका अध्यक्ष उदयराम कायश्थले बताउनु भयो । ब्यवसायीहरुको स्वतफुर्त निर्णयले जेष्ठ २ गते विहान ९ बजेबाट बन्द गर्ने निर्णय भएको हो ।
बनेपाकै अर्काे तरकारी बजारका अध्यक्ष पूर्णचन्द्र सिग्देलले कृषकहरुको उत्पादित सामाग्रीको खपत तथा ब्यवसायीहरुको स्वास्थ्यलाई समेत मध्यनजर गर्दै सामाजिक दुरी कायम राखी ब्यवसाय गर्न अनुरोध गरिएको अध्यक्ष सिग्देलले बताउनु भयो । कृषकहरुको उत्पादन बजारसम्म पु¥याउन नपाउँदा समस्या हुने दुखेसो गरेका छन् भने उपभोक्ताहरुलाई पनि बजार बन्द गर्ने निर्णयले संकट हुने बताएका छन् ।