2020 May 31/ 06:57: 46pm

बनेपा/कोरोना भाइरस (कोभिड १९) को संक्रमण तिव्र रुपमा फैलिरहेको सन्दर्भलाई मध्यनजर गरी जिल्लामा हप्ताभरि सञ्चालन भइरहेका बैङ्क तथा वित्तीय र सहकारी संस्थाहरुलाई साताको तिन दिन आइतबार, मङ्गलबार र शुक्रबार मात्र सञ्चालन गर्ने निर्णय भएको छ । 
बैंक तथा वित्तिय संस्था संचालन हुँदा जिल्लामा संक्रमण फैलन सक्ने भन्दै स्थानीयहरुले गुनासो गर्दै आएका थिए । कोभिड–१९ नियन्त्रण, रोकथाम र उपचार सम्बन्धी जिल्लास्तरीय संकट ब्यवस्थापन केन्द्रका संयोजक तथा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो ।