2024 April 17/ 03:36: 39am

        काठमाडौ∕ लामो समयदेखि नेपाली भाषा र साहित्यमा कलम चलाउँदै आएका साहित्यकार केदारनाथ खनाल र साहित्यिक पत्रकार जयदेव भट्टराईलाई अक्षरमार्गले एक कार्यक्रमको आयोजना गरी सम्मान गरको छ । 
अक्षरमार्गले केदारनाथ खनाललाई श्रीराम स्मृति अक्षरमार्ग वरिष्ठ साधक सम्मान र साहित्यिक पत्रकार जयदेव भट्टराईलाई विष्णुहेम अक्षरमार्ग साहित्यिक पत्रकार सम्मानबाट सम्मान गरेको हो । नेपाली वाङ्मयको क्षेत्रमा अतुलनीय एवं उल्लेखनीय योयदान गरे वापत सम्मान पत्र, दोसल्ला, फूलमाला र नगदसहित कार्यक्रमका प्रमुख अतिथि डा. गोविन्दराज भट्टाईले सम्मान समर्पण गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि डा. भट्टराईले साहित्य सेवा भनेको चेतनाको कर्म रहेको चर्चा गरेका थिए । उनले एक प्रसंगमा अहिले साहित्य कर्म कठिन बन्दै गएको बताए । काभ्रे जिल्लाका साहित्यकारहरू र साहित्य प्रेमीहरूको बाक्लो उपस्थिती रहेको सो कार्यक्रममा साहित्यकार मोहन दुवाल, कवि सूर्यप्रसाद लाकोजू, केदारनाथ खनाल, जयदेव भट्टराई, विजयराम कर्माचार्य लगायतले मन्तब्य ब्यक्त गरेका थिए भने चट्याङ माष्टरले आफ्नो एकल सिर्जना वाचन प्रस्तुत गर्नुभएको थियो । उनले करिब एक घण्टासम्म देश, समाज, मानव जीवनका विविध आरोह, अवरोहका विषयमा एक दर्जन कविता सुनाएर दर्शकहरूलाई मन्त्रमुग्ध बनाएका थिए ।
साहित्यकार सूर्यप्रसाद लाकोजूको सभापतित्वमा सम्पन्न सो कार्यक्रमको संचालन अक्षरमार्ग सिर्जना समूहका संयोजक शम्भुलाल श्रेष्ठले गरेका थिए ।