2020 August 11/ 06:39: 17am

    पनौती/पनौती नगरपालिका कृषि शाखाले आर्थिक वर्ष २०७६÷०७७ को वार्षिक कार्यक्रम अनुसार १२ वटै वडामा ३ सय वटा पाडी वितरण गरेको छ ।  
    मंसीर ७ गते वडा नम्वर १ बाट शुरु गरिएको पाडी वितरण कार्यक्रम वडा नम्बर १२ सम्म वितरण गरी नगरपालिकामा औपचारीक कार्यक्रम सहित समापन भएको छ । पाडी वितरण समापन कार्यक्रममा बागमती प्रदेश सदस्य बसुन्धराले हुमागाईले वास्तविक कृषकहरुको आय आर्जनको मुल श्रोत पशुपालन भएकाले उक्त कार्यक्रमलाई आगामी वर्षमा निरन्तरता दिन नगरपालिकालाई आग्रह गर्नुभयो । संघ, प्रदेश र स्थानीय तीनवटै सरकार मिली कृषकहरुको हितका लागी काम गर्ने भएकाले संघ र प्रदेशबाट कृषिमा आएको बजेट कृषिमै खर्च गर्नुपर्ने बताउनु भयो । वास्तविक कृषकहरुले सरकारले दिएको अनुदान सहजै प्राप्त गर्न स्थानीय सरकार सँग सहकार्य गरेर मात्र योजना बनाउन दुबै सरकारलाई आग्रह गर्नु भएको थियो । युवाहरुलाई पेशाप्रति आकर्षित गरी न्युन आय भएकाहरुलाई पाडी वितरणले कालो सुन बराबर हुने हुमागाईले बताउनु भयो । 
कार्यक्रमका विशेष अतिथी पनौती नगरपालिकाका नगर प्रमुख भिम न्यौपानेले भैसीको संरक्षण र सम्वर्धन गरी कृषकहरुलाई ब्यबसायिक बनाउदै पेशाप्रति आकर्षित गरी भैंसीको आयात न्युनीकरण गर्दे सिंगो पनौती नगरपालिकालाई भंैसी श्रोत केन्द्रका रुपमा विकास गर्दै लैजाने बताउनु भयो । न्यौपानेले कृषकहरुको आर्थिक उन्नति र कृषि पर्यटन समेतको विकाश गर्र्दै जाने नगरपालिकाको मुल उद्देश्य रहेकाले पाडी वितरण, भैसी सुत्केरी भत्ता कार्यक्रमको आयोजना गरिएको वताउनु भएको थियो । कृषकहरुलाई प्रविधिमा आधारित जीवन निर्वाहका लागी उन्नत जातका बाख्रा वितरण, सिपमूलक तालिम प्रदान, विषादी न्युनिकरण, दुधको गुणस्तरमा सुधार, युवाहरुलाई रोजगारमुलक कार्यक्रमहरु सञ्चालन गरिरहेको बताउनु भयो । 
नगरपालिकाले निवेदन परे जती कृषकहरुलाई पाडी वितरण गर्न नसके पनि आगामी वर्ष प्राथमकितामा राखी वितरण गरिने उहाँले बताउनु भयो । कार्यक्रममा पशु सेवा विभागका महानिर्देेशक डा. वंशी शर्मा, डेरी वार्डका निर्देशक डा. नारायण वहादुर श्रेष्ठ, पनौती नगरपालिकाका उप प्रमुख गीता बञ्जारा, प्रमुख प्रशासकिय अधिकृत हरिप्रसाद चापागाई, भेटेरीनरी अस्पताल धुलिखेलका प्रमुख डा मंगोल प्रसाद शाह लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो । वडागत रुपमा पाडी माग गर्ने कृषक मध्ये यो आर्थिक वर्षमा ३ सय वटा पाडी वितरण गरिएको र वडाबाट छनौटमा परेका कृषकलाई क्रमैसँग पाडी वितरण गरिने पनौती नगरपालिका कृषि तथा पशुपंंक्षी शाखा प्रमुख मणी प्रसाद सापकोटाले बताउनु भयो । 
कार्यक्रममा स्वागत मन्तब्य बरिष्ठ प्रशासकीय अधिकृत ईन्द्रप्रसाद अधिकारीले राख्नु भएको थियो भने सभापतित्व नगर कृषि संयोजक तथा पनौती नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष गुणनाथ सापकोटाले गर्नु भएको थियो । कार्यक्रममा १२ वटै वडाका वडा अध्यक्षहरु, कृषक, विभिन्न शाखाका प्रमुख, वडा सचिव, कर्मचारीहरुको उपस्थिति रहेको थियो ।