2020 July 04/ 01:49: 07am

धुलिखेल/धुलिखेलमा रहेको अर्थभूमी सहकारीको १० औं बार्षिक साधारण सभा धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जुको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । 
कार्यक्रममा बोल्दै नगर प्रमुख अशोक ब्याञ्जुले सहकारी मार्फत नगरबासीहरुको जीवन समृद्ध बनाउने आर्थिक स्तर उकास्न विभिन्न कार्यक्रमहरुमा साझेदारी गरिरहेको बताउनु भयो । सहकारीमार्फत कृषि र अन्य सिपमूलक कार्यक्रममा साझेदारी गरी सहकारीहरुलाई थप जिम्मेवारीबोध गराईरहेको बताउनु भयो । नगरपालिकाले निर्माण गरेको सहकारी ऐन अन्र्तगत सहकारीहरुको ब्यवस्थापन र सहकारीका नीतिलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने बताउनु भयो । अर्थभूमी सहकारीले स्थानीय स्तरमा नागरिकहरुको आर्थिक स्तर उकास्न सहयोग पु¥याएको उहाँले बताउनु भयो । अध्यक्ष सन्तोष भुखजुले सहकारीले शेयर सदस्यहरुको विभिन्न क्षेत्रमा कार्य गर्ने गरी सहयोग गरिरहेको बताउनु भयो । संस्थाले १ करोड १८ लाख ४० हजार शेयर पुँजी, १६ करोड ९ लाख ६२ हजार बचत, १२ करोड ९७ लाख ४३ हजार कर्जा लगानी गरी १ करोड ८३ लाख ६२ हजार रुपैया आम्दानी गरेको छ । कार्यक्रममा संस्थाका सचिव कविप्रसाद चोच्छे, कोषाध्यक्ष कुमारलाल श्रेष्ठ, लेखा समितिका संयोजक बालगोपाल रञ्जितकारले प्रतिवेदनहरु प्रस्तुत गर्नु भएको थियो । सोहि सभामा रमेश तिवारी, माधव पोखरेल, सुन्दर प्रधान, सुरेन्द्र श्रेष्ठ, धनबहादुर लामा, कृष्णप्रसाद ब्याञ्जु, नारायण तामाङ, उत्तरबहादुर कार्की, अर्जुन बानियाँ, शर्मिला जंगम, जयकृष्ण न्हसिजु, तिलबहादुर श्रेष्ठ, सरु रानाभाट, बुद्धराम ब्याञ्जुलाई सम्मान गरिएको थियो । अधिबेशनको बन्द सत्रले नयाँ समिति चयन गरेको छ । समितिको अध्यक्षमा पुनः सन्तोष भुखजु निर्विरोध निर्वाचित भएका छन् ।