2019 November 13/ 05:46: 07am

    बनेपा/पञ्चकुमारी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १२ औं बार्षिक साधारण सभा राष्ट्रिय सहकारी महासंघका बरिष्ठ उपाध्यक्ष मिनराज कँडेलको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष मधुसुदन पन्तको अध्यक्षतामा सम्पन्न भएको छ । 
    कार्यक्रममा बोल्दै प्रमुख अतिथी कँडेलले सहकारी अभियानले मुलुकको परिवर्तन सँगै समृद्धि हासिल गर्न सहयोग पु¥याएकाले सहकारीलाई अझै सबल, सक्षम र पारदर्शीता सँगै सुशासन कायम गर्नु पर्ने बताउनु भयो । पञ्चकुमारी सहकारीले शेयर सदस्यहरुको हितमा काम गर्ने गरी योजना बनाउन प्रमुख अतिथी कँडेलले शुभकामना दिनु भयो । सभामा सचिव गोविन्दप्रसाद दाहालले बार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने कोषाध्यक्ष लोकमणी दाहालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । लेखा तथा सुपरिवेक्षण समितिको प्रतिवेदन संयोजक शिवप्रसाद अधिकारीले प्रस्तुत गर्नु भएको थियो । संस्थाले आर्थिक वर्षको अन्त्यसम्ममा १ हजार २ सय ७८ शेयर सदस्यहरु मार्फत ६९ लाख ३१ हजार ७ सय शेयर रकम संकलन गरेको छ । विभिन्न शिर्षकको बचत मार्फत ३ करोड ४२ लाख ५३ हजार बचत संकलन गरी २ करोड ३६ लाख ऋण लगानी गरेको उक्त संस्थाले १६ लाख मुनाफा गरेको छ । 
    बनेपा बुडोल स्थित श्रीकृष्ण सुर्यदर्शन पार्टी प्यालेसमा सम्पन्न सभामा बोल्दै अध्यक्ष मधुसुदन पन्तले सहकारी मार्फत शेयर सदस्यहरुको समृद्धिमा विभिन्न कार्यक्रमहरु गरिने बताउनु भयो । कार्यक्रममा बचतकर्ता, शेयर सदस्य र ऋणीहरु मध्येबाट उत्कृष्ट हुने तथा एसईईमा उत्कृष्ट शेयर सदस्यका छोराछोरीहरुलाई सम्मान गरिएको थियो । 
सभामा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतीराम तिमल्सिना, सल्लाहकार कृष्णबुद्ध बजगाई, अटल पाँचकुण्ड सहकारीका अध्यक्ष दिपकप्रसाद दाहाल, सुगन्ध सहकारीका कुमार मैनाली लगायतको सहभागिता रहेको थियो । सभाले सहकारीलाई अझै सुदृढ बनाउँदै लैजाने प्रतिवद्धता ब्यक्त गरिएको थियो । संचालक सदस्य कल्पना सापकोटा बजगाईको स्वागत मन्तब्य रहेको कार्यक्रम सचिव गोविन्द दाहालले संचालन गरेका थिए ।