2019 November 13/ 05:33: 30am

    पाँचखाल/पाँचखाल नगरपालिकाले चालु आर्थिक वर्षमा लगानी सम्मेलन गर्ने भएको छ । नगरपालिकाले समग्र विकासका लागि पाँचखालमा लगानीकर्ता तथा रोजगारदाताहरुको सम्मेलन गर्ने निर्णय गरेको हो । 
    नगरपालिका प्रमुख महेश खरेलले चालु वर्षमा लगानी सम्मेलन गर्ने गरी तयारी भएको बताउनु भयो । पाँचखालमा सुनकोशी पाँचखाल खानेपानी आयोजना सम्झौता सम्पन्न गरी कार्य शुरु भएको, सेजको लागि कम्पाउन्ड निर्माण, महिला औद्योगिक ग्राम स्थापना कार्य शुरु भएको छ । राष्ट्रिय युवा परिषद्ले निर्माण गर्न लागेको संरचनामा समेत तयारी भएको छ । संघीय सरकारका प्रवक्ता एवं मन्त्री गोकुल बास्कोटा, प्रदेश सभा सदस्य लक्ष्मण लम्साल र स्थानीय सरकार सहितकोे पहलमा पाँचखालमा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरका विकास कार्य शुरु भएको नगर प्रमुख महेश खरेलले बताउनु भयो । ‘पाँचखाल नगर, कृषि शहर’ भन्ने नारा बोकेको पाँचखाल नगरपालिकाले कृषि र पशुपालनका क्षेत्रमा आर्थिक वर्ष २०७५/२०७६ मा सम्पन्न गरेका कार्यक्रमबाट कृषकहरु लाभान्वित भएको दावी गरेको छ । आर्थिक वर्ष २०७६/२०७७ का लागि नगरपालिकाले खेतियोय जमिन प्लटिङ्ग गर्न पूर्ण प्रतिवन्ध लगाएको छ । ‘राजधानीको बैकल्पिक खेतियोग्य जमिन भएको नगरका रुपमा चिनिएको पाँचखालमा खेतियोग्य जमिन प्लटिङ्ग गर्न पूर्ण प्रतिबन्ध लगाईएको छ’–नगर प्रमुख महेश खरेलले भन्नुभयो–‘आफुखुशी र मनलाग्दी खेतियोग्य जमिन प्लटिङ्ग गर्न रोक लगाएका छौं ।’ यसले बढ्दै गएको शहरीकरणलाई ब्यवस्थित मात्रै गर्दैन खेतियोग्य जमिन मासिनबाट समेत रोकिने नगरबासीहरुले विश्वास गरेका छन् ।
    कृषिलाई प्रबद्र्धन गर्ने उद्देश्यले नगरपालिकाले चालु आर्थिक वर्षका लागि प्रिबेसिक सिड आलु दाना वितरण, घरेलु तथा जैविक विषादी उत्पादन तथा भकारो सुधार, वडा नं ७, ८,९, १०, ११, १३ मा मौरी घार तथा फलफूल बिरुवा बितरण मौरीको पकेट क्षेत्र भु–उपयोग योजना निर्माण, रसायनिक मलको प्रयोग न्युनीकरण गर्न प्राङ्गारिक मलमा एनपिके मात्रा बढाइ उच्चस्तरको प्राङ्गरिक मल बनाउने कार्यक्रम शुरु गरेको नगर प्रमुख खरेलले बताउनु भयो । ‘एकल महिला सिपमुलक कार्यक्रम (प्रत्येक वडामा शिपमुलक तालिम) संचालन, दीगो विद्यालय वातावरण शिक्षा कार्यक्रम, मौलिक बाजा संरक्षण कार्यक्रम, लगानीकर्ता तथा रोजगारदाताहरुको सम्मेलन, लभ ग्रीन नेपालको साझेदारीमा दिगो कृषि कार्यक्रम संचालन हुनेछन’–नगर प्रमुख खरेलले भन्नुभयो–‘पशु वीमामा ५० प्रतिशत प्रिमियम अनुदान, पुरातात्विक अध्ययन उत्खनन, स्यानिटरी ल्यान्डफिल्ड साईट डिपीआर, वीपी राजमार्ग–बेला रानीपानी अरनिको हाईवे सडक स्तरोन्नती वडा नं १०, समाजकल्याण अनैकोट पर्यटकीय सडक स्तरोन्नति क्रमागत, अनेकोटमा १ करोडमा खानेपानी आयोजना, वातावरणीय अध्ययन अनुगमन तथा अनुसन्धान, संघीय तथा प्रादेशिक अनुदानका योजना तथा कार्यक्रम कार्यान्वयन, मानसिक रोगको बिशेषज्ञ क्लिनिक संचालन, ३९ विद्यालयमा विद्युतीय हाजिरी मेसिन जडान गरिनेछ ।’ 
    निजी क्षेत्रलाई फोहोरमैला ब्यबस्थापनको जिम्मेवारी दिईएको छ भने सुशासन प्रर्बद्धनका लागि हेल्प डेस्कको ब्यबस्था, पब्लिक सर्भिस लीयाजो अफिसरको ब्यबस्था, नागरिक वडा पत्र, सुचना अधिकारी, नियमित रुपमा सार्वजनिक सुनुवाई, नियमित अनुगमन, सामाजिक परिक्षण, गुनासो सुनुवाईको ब्यबस्था, जनप्रतिनिधि र कर्मचारी बिचमा अन्र्तरक्रिया, नीति तथा सुशासन, साझा सवाल, हरेक हप्ता एसएमटी बैठक, हरेक महिना  कर्मचारी बैठक मार्फत नागरिकहरुलाई सेवा प्रभावमा प्राथमिकता दिएको नगर प्रमुख खरेलले बताउनु भयो । संचारकर्मीहरुसँगको भेटघाट कार्यक्रममा उपप्रमुख लक्ष्मी दनुवार, प्रमुख प्रशासकिय अधिकृत लोकबहादुर भण्डारी, प्रशासकिय अधिकृत राजेश बञ्जारा, वडा अध्यक्षहरु, प्रेस सल्लाहकार कपिल कोईराला लगायतले नगरपालिकाले गरेका गतिविधिहरुका बारेमा जानकारी गराउनु भएको थियो ।