2024 April 26/ 12:39: 32pm

    बनेपा/काभ्रे बहुमुखी क्याम्पस बनेपाले विश्वविद्यालय अनुदान आयोगको मापदण्ड पुरा गरेको छ । पाठ्यक्रम, शिक्षण सिकाई तथा मुल्यांकन पद्दती, अनुसन्धान, परामर्श तथा विस्तार सेवा, पूर्वाधार तथा सिकाई श्रोतहरु, विद्यार्थी सहयोग तथा परामर्श सेवा, सूचना प्रणाली र सार्वजनिक सूचना सम्प्रेषणहरुमा उल्लेखनीय सूधारहरु गरेर क्यूएएमा प्रवेश गरेको छ ।
    नेपालमा क्युएए प्रत्यापित क्याम्पसहरु दुई दर्जन मात्रै छन् । क्याम्पसले आयोजना गरेको पत्रकार सम्मेलनमा क्याम्पस प्रमुख केजी बयदारले क्याम्पसले विविए, विएचएम, विएस्सी(सिएसआईटी), विई लगायतका नयाँ कार्यक्रमहरु संचालन गर्न लागेको बताए । उक्त कार्यक्रमका लागि ४० रोपनी जमिन आवश्यक भएकाले क्याम्पसले आसपासका क्षेत्रमा जग्गाको खोजी गरिरहेको जनाएको छ । क्याम्पसले प्रदान गरेको अन्य सेवाहरुका बारेमा जानकारी दिदै छात्रबृत्ति लगायतका सेवाहरुमा अझै परिस्कृत गर्दै लैजाने बताए । पत्रकार सम्मेलनमा संचारकर्मीहरुले क्याम्पसका बारेमा उठाएका विषयहरुमा क्याम्पसले सुधार्ने क्याम्पस प्रमुख बैदारले बताए । कार्यक्रममा क्याम्पस ब्यवस्थापन समितिका अध्यक्ष लम्बोदर कायश्थ, उपप्रधाध्यापक संजय श्रेष्ठ, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतीराम तिमल्सिना लगायतले क्याम्पसलाई नमुना बनाउन पहल गर्नु पर्ने बताएका थिए ।
    जनमत पुस्तकालयमा २५ हजार भन्दा धेरै पुस्तकहरु रहेकोे बताउँदै क्याम्पसले त्यसलाई खुल्ला पुस्तकालयका रुपमा अगाडी बढाउने तयारी गरेको छ ।