2019 October 17/ 02:08: 35am

बनेपा/बनेपा हेल्थ केयर पहिलो बर्ष पूरा गरी दोस्रो वर्षमा प्रवेश गरेको छ ।
दोस्रो बर्षको अबसरमा हेल्थ केयरले स्मारिका समेत प्रकाशन गरेको छ । उक्त स्मारिकाको बनेपा नगरपालिकाका नगर प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथी लक्ष्मी नरसिंले विमोचन गरेका छन् । बादेले हेल्थ केयरको सेवा राम्रो भएको बताए । यति हुदाँ हुदौ पनि केयरले अझ विरामीहरुलाई विशेषज्ञ सेवालाई थप प्रभाबकारी बनाउनु पर्ने बताएका थिए । स्वास्थ्य शिविरलाई अझै जिल्लाका दूर दराज सम्म लगि जनताको सेवा गर्न आग्रह गरेका थिए । नगरपालिकाले गर्न सक्ने स्वास्थ्यको क्षेत्रमा नगरका जनताहरुलाई दिने सेवामा संस्था सँग हातेमालो गर्ने बताए । हेल्थ केयरमा नातावाद, राजनीति नगरी निश्वार्थ भावनाले अगाडी बढेमा संस्थाले लिएको उद्देश्य समेत पुरा हुने बताए । कार्यक्रममा संस्थाले १ वर्ष भित्र गरेका गतिबिधिहरुका बारेमा सञ्चालक जितेन्द्र थापाले जानकारी गराएका थिए । संस्थाले सुलभ शुल्कमा विशेषज्ञ चिकित्सक, अनुभवी स्वास्थ्यकर्मी, अत्याधुनिक मेशिनहरुद्वारा प्रभावकारी स्वास्थ्य सेवा सहित चुस्त दुरुस्त ब्यबस्थापन, उत्कृष्ट प्रयोगशाला फिजियोथेरापीले सेवा दिईरहेको थापाले बताए । १ वर्षमा निःशुल्क स्वास्थ्य शिविर र हेल्थ केयरमा गरी ८ हजार २ सय ४० जनाको सुगर जाँच, होलबडी चेकअपको मुल्य रु ५ हजार ५ सय मा छुट गरी २ हजार ५ सयमा गराई ३ हजार जनाले सेवा लिएका, विभिन्न संघ संस्थाहरु सँगको सहकार्यमा २१ स्थानमा शिबिरको आयोजना गरी ७ हजार १ सयले सेवा लिएका, शिबिरमा आवश्यक औषधी ११ लाख बराबरको निशुल्क वितरण गरिएको, विभिन्न संस्थाहरु सँग सहकार्य गरी संस्थाहरुमा आबद्ध रहेका ४१ हजार सदस्यहरुलाई सम्पूर्ण सेवामा २० प्रतिशत र औषधीमा १० प्रतिशत छुट गरिएको थापाले सभामा बताए । संस्थाको आगामी येजना ओपिडी सेवाबाट आईपिडी सेवा दिन लागिएको, नसर्ने रोगहरुको बढिरहेको अवस्थामा न्युनीकरणका लागी जनचेतना जगाउने अभियानलाई अगाडी बढाउने, ७० वर्ष भन्दा माथिका जेष्ठ नागरीक, प्रहरी प्रशासन र पत्रकारहरुलाई प्रयोगशालामा ५० प्रतिशत, औषधी खरीदमा १० प्रतिशत,सेवामा २० प्रतिशत छुट दिने, विशेषज्ञलाई प्रभावकारी बनाउदै अगाडी बढ्ने रहेको थापाले बताए । कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी काभ्रेका अध्यक्ष रघुबर चौ प्रधान, बनेपा नगरपालिका स्वास्थ्य शाखा प्रमुख अन्जु अधिकारी, डा रविन्द्र प्रसाद राजभण्डारी लगायतले हेल्थ केयरले दिएका सेवाका बारेमा मन्तब्य राखेका थिए । कार्यक्रमको सभापतित्व बनेपा हेल्थ केयरका संस्थापक अध्यक्ष सुजाता अधिकारीले गरेकी थिईन् ।