2019 October 17/ 12:53: 53am

नेपाल निर्माण ब्यबसायी सगंठन काभ्रे जिल्ला तदर्थ कमिटी गठन तथा एकता भेला लाई सम्बोधन गर्दे नेपाल सरकारका प्रवक्ता तथा संञ्चार तथा सुचना प्रबिधि मन्त्री गोकुल बास्काटाले देश नीति र संविधान तथा विधिले चल्ने हुनाले सबै संघ–संथाले उठाएका जायज माग सरकाले पूरा गर्ने बताए । सरकारले निवार्चनमा उठाएका कुराहरु कुनैपनि राजनीतिक दलले पूरा गर्न नसक्ने हुनाले आवश्यकताका आधारमा पूरा लगिदै जाने बास्कोटाले बताए । राष्ट्रिय पँुजिको निर्माण गर्नका लागी सबै लाग्नुपर्ने, देशका ७–८ वटा ठुला ब्यबसायीका भरमा देशभरका निर्माण ब्यबसायीहरुलाई हेरेर कानुन नबनेको र ठुला व्यबसायीहरुले मात्र देशमा पूँजी निर्माण गर्न नसक्ने बताए । ब्यबसायीहरुको क्षमता अभिबृद्धि, बैंक ग्यारेन्टी, ब्यबसायीका समस्यामा सरकारले प्राथमिकतामा राखि जायज मागहरुलाई पुरा गरिदै लगिएको समेत मन्त्री बास्कोटाले बताए । तर ब्यबसायीहरुले पनि लिएका कामहरु समयमा नै सक्नुपर्छ, गुणस्तरीयता क्षमता बढाउनु पर्छ, आफ्नो दायित्व पुरा गर्नु पर्ने, र जिम्मेवार बन्नुपर्ने बताए । सरकोकारवाला सँग छलफल गरेर नै सरकारले ऐन संसोधन गरेको ब्यबसायीहरुले समयमा काम सके कि छैन्न, सम्झौता अनुसार भयो कि भयो नि निर्माण ब्यबसायी आफै जिम्बेवारी बन्नुपर्छ, सरकारले समयमा काम नसक्ने निर्माण ब्यबसायीहरुलाई पहिलाको जस्तै छुट नदिने चेतानी समेत मन्त्री बास्कोटाले दिए । कार्यक्रममा सरकाले ल्याएको नारा ‘सुखी नेपाली समृद्ध नेपाल’ बनाउन निर्माण ब्यबसायीको ठुला हात रहेकाले बयबसायीहरुलाई परेको समस्या सरकाले पुरा गरिदिने तर बयबसायीहरुले यो वा त्यो बहानामा निमार्ण कार्य पुरा नगरे सरकाले कार्वाही गर्ने समेत बताए ।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य गंगा बहादुर दोङ्ग, नविना लामा, प्रदेश सांसदहरु रत्न ढकाल, लक्ष्मण लम्साल, बसुन्धरा हुमागाई, चन्द्र लामा, नेकपा काभ्रेका अध्यक्ष रुकु चौलागाई, निर्माण ब्यबसायी संगठका केन्द्रिय संयोजक यज्ञध्वज कार्की, सह–संयोजक शिव प्रसाद चौलागाई, महा सचिव रोशन दाहाल, ३ नं प्रदेश कमिटी ईन्चार्ज तथा उप महासचिब टंक चौलागाई, निर्माण ब्यबसायी संघ काभ्रेका अध्यक्ष उपेन्द्र घिसिङ्ग लगायतका ब्यक्तिहरुले निर्माणमा देखिएका समस्याहरुलाई समाधान खोज्नुपर्ने बताएका थिए । कार्यक्रमको सभापतित्व ३ नं प्रदेश संयोजक अकुर गौतमको सभापतित्वमा सम्पन्न भएको थियो ।