2019 October 17/ 01:09: 48am

    बनेपा/कप्युटर एशोसिएसन नेपाल महासंघ काभ्रे शाखा र प्रदेश नम्वर ३ को आयोजनामा धुलिखेलमा एक दिने सम्मेलन सम्पन्न भएको छ ।
    संचार  तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले सम्मेलनको उद्घाटन गर्दै इन्टरनेटको पहुँच सँगै अन्य पूर्वाधारहरुको निर्माण जरुरी रहेको बताए । हरेक डिजिटलाईज प्रविधिलाई संस्कृतिसँग जोड्नु पर्ने बताउँदै मन्त्री बास्कोटाले डिजिटल नेपालतर्फ नेपाल सरकार अग्रसर भएकाले ५ वर्ष भित्र आवश्यक संरचना सहित सबै क्षेत्रलाई जोड्ने तयारी भएको बताए । जीवनको अर्काे इन्द्रियका रुपमा रहेको आईटी क्षेत्रबाट आर्थिक समृद्धी सँगै २८ प्रतिशत रोजगार बृद्धी गर्ने सरकारको योजना रहेको मन्त्री बास्कोटाले बताए । कार्यक्रममा अझै २४ वटा स्थानीय सरकार आईटीको पहुँचकै अभावमा बैकको सुविधाबाट बञ्चित हुनु परेको बताउँदै तत्काल त्यसको सेवा पु¥याउन र नागरिकलाई समृद्धीसँग जोड्न डिजिटाईज क्षेत्रमा जोड दिनु पर्ने सरोकारवालाहरुले बताए ।
    जिल्ला अध्यक्ष जयराम हुमागाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चौरी देउराली गाउँपालिकाका अध्यक्ष दिनानाथ गौतमले स्मार्ट गाउँ बनाउन विनियोजन गरेको बजेट समेत अन्यत्र खर्च गर्नु परेको बताए । कार्यक्रममा क्यान महासंघका केन्द्रिय अध्यक्ष हेमन्त चौरासियाले मुलुकलार्य डिजिटल तर्फ उन्मुख गर्न सरकारले शुरु गरेको अभियानमा साथ दिने बताए । सूचना प्रविधि विभागका महानिर्देशक लक्ष्मीप्रसाद यादवले सेवाग्रहिहरुलाई प्रविधिको उपयोग गर्न सेवाप्रदायक निकायले सहयोग गर्नुपर्ने बताए । बैंकको एसएमएस प्रविधि हेर्न र प्रयोग गर्न जानेनन् भने त्यसको अर्थ नरहेको भन्दै प्रविधिसँगै प्रयोगमा जोड दिनुपर्ने यादवले बताए । नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतीराम तिमल्सिना, काभ्रे उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश मानन्धर लगायतले मुलुकको समृद्धिमा आईटीको महत्व रहेकाले पुर्वाधारसँगै दक्ष जनशक्ति तयार गर्नुपर्नेमा जोड दिए । प्रदेश नम्वर ३ का अध्यक्ष प्रभात श्रेष्ठले प्रदेश ३ अन्र्तगतका सबै जिल्लामा नागरिकले आईटी मार्फत समृद्धिका लागि डिजिटल नेपाल अभियान शुरु गर्नु पर्ने बताए ।