2019 October 17/ 01:12: 40am

प्रहरी र शिक्षक पक्राउ
    धुलिखेल/समाज कता जाँदै छ  ? जसले नागरिकलाई सहि बाटो देखाउँछ, जसले नागरिकलाई सुरक्षा प्रदान गर्छ उनिहरुले नै समाजमा मच्चाएको आतंक र अपराधिक कृयाकलापले समाज गलत बाटोमा अगाडि बढ्दै गएको देखिन्छ । 
    घरमा बाबुले छोरीलाई, दाईले बहिनीलाई, विद्यालयमा शिक्षकले विद्यार्थीलाई, समाजमा प्रहरीले नागरिकलाई जर्बजस्ति अपराधका घटनामा संलग्न गराएपछि कस्तो समाज निर्माण होला ? त्यहि समाजमा दिने शिक्षा कस्तो होला ? चौतर्फि बहसको विषय बन्न थालेको छ । इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेमा कार्यरत नेपाल प्रहरीका सई रामविनोद राय यादवले नाताले साली पर्ने युवतीसँग अबैद्य सम्वन्ध राखी यौन भिडियो बनाउँदै पटक पटक जर्बजस्ति गरेको खुलासा भएको छ । सई रामविनोद राय यादवले विभिन्न स्थानमा त्यहि भिडियोका आधारमा जर्बजस्ति गर्दै आएका थिए । ‘पछिल्लो समय जिल्लाको मण्डनदेउपुर नगरपालिका स्थित नगरकोटमा रहेका होटलमा जर्बजस्ति गरे पछि उजुरी दर्ता भएको हो’–प्रहरीले भन्यो–‘भक्तपुरमा २०७६ बैशाख ३१ गते दर्ता भएको उजुरी जेष्ठ ७ गते जिल्ला प्रहरी कार्यालय काभ्रेमा पठाईएको हो । आरोपित सई यादवलाई सोहि दिन कोहलपुर बाँके इलाका प्रहरी कार्यालयबाट पक्राउ गरी धुलिखेल ल्याई थप अनुसन्धान भईरहेको छ । 
    सर्लाहि जिल्ला घर भई रौतहट जिल्लाको गौर नगरपालिका ३ स्थायी घर भएका यादवले १९ बर्षिया युवतीलाई एक वर्ष अघि देखि जर्बजस्ति गर्दै आएका थिए । विवाहित युवतीलाई साली नाता लगाउँदै यादवले शुरु शुरुमा सहयोग गरे जस्तै गरी नजिक हुँदै होटलसम्म पु¥याएका थिए । होटलमा रक्सि खुवाउँदै अर्धचेत बनाए पछि जर्बजस्ति गरी भिडियो समेत खिचेको र पछि त्यहि भिडियो देखाउँदै पटक पटक ब्लाकमेल गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । नगरकोटमा भएको घटना पछि पीडित युवतीले महानगरिय प्रहरी परिसर भक्तपुरमा उजुरी दिएकी थिईन् । नगरकोट पछि पनि अन्य स्थानमा जर्बस्तिका लागि उनले मोवाईलमा खिचिएको भिडियो परैबाट देखाउने गरेका थिए । नगरकोट आउनु अघि बाँके, रौतहट, जनकपुर लगायतका स्थानमा पु¥याई यादवले जर्बजस्ति गरेका थिए । जनकपुर माईती भई सोहि स्थानमा घर भएकी युवती भर्खर १९ वर्षकी भईन् । उनका श्रीमान पनि घरमा नबस्ने भएकाले उनले त्यसको फाईदा उठाएका थिए । जिल्ला प्रहरी कार्यालय काभ्रेले घटनाका बारेमा आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ । 
    त्यस्तै जिल्लाको महाभारत गाउँपालिकामा जेष्ठ ७ गते देखि ९ गतेसम्म आयोजना गरिएको महाभारत गाउँपालिका अध्यक्ष रनिङ्ग शिल्ड प्रतियोगितामा सहभागि हुन आएका कालिदेवी मावी घर्तिछाप २ कुपिन्टारका चार छात्रा माथी विद्यालयकै दुई शिक्षकले जर्बजस्ति करणीको प्रयास गरेको भन्दै उजुरी परेको छ । ‘जसलाई विद्यार्थी जिम्मा लगाएर विद्यालयले पठायो, उसैबाट विद्यार्थी माथी त्यस्तो प्रयास भएछ’–प्रधानाध्यापक सुनिलकुमार सारुले भने –‘घटना घटेको जानकारी प्राप्त भए लगत्तै विद्यालयले दुबै शिक्षकलाई बर्खास्त गरी कारवाहीका लागि प्रहरीकोमा जानकारी पठाएका छौं । 
    कालिदेवी माविबाट शिक्षक रामेश्वर राय र रामजीलाल दास २७ जना विद्यार्थीका जिम्मेवारी सहित उक्त प्रतियोगितामा सहभागि हुन गएका थिए । १३ जना छात्रा मात्रै थिए । छात्र र छात्रालाई खानाको मेस एउटै भए पनि सुत्न अलग अलग ब्यवस्था गरिएको थियो । जेष्ठ ९ गतेसम्म विभिन्न विद्यामा प्रतिस्पर्धा गर्दा ५ जना विद्यार्थी बाँकी थिए । पुरस्कार वितरण गर्दा साँझ विद्यार्थीहरु घर फर्कन भ्याएनन् । शिक्षकद्धयले जेष्ठ १० गते विहान चाँडै फर्कने भएकाले एउटै घरमा सुत्ने प्रस्ताव राखे । ५ विद्यार्थी मध्ये ४ छात्रा थिए । उनिहरु दुई दुई जना शिक्षकहरु सुत्ने खाटमा सुते । एक छात्र बीचको खाटमा एक्लै सुते । दुई शिक्षकलाई भुईमा ओछ्यान लगाईयो । रामेश्वर मावि तहमा जनसंख्या र निमावी तहमा विज्ञान पढाउँदै आएका छन् । सर्लाहि चक्रघट्टा गाउँपालिका घर भएका रामेश्वर ८ वर्ष देखि विद्यालयमा करारमा कार्यरत छन् । पटक पटक उनले विद्यार्थी माथी गरेको दुब्र्यवहारको मौखिक उजुरी आईरहेको थियो । रौतहट घर भएका रामजीलाल १ वर्ष देखि कक्षा ८ देखि १० सम्मका विद्यार्थीलाई गणित विषय पढाउँदै आएका छन् । 
    प्रतिस्पर्धामा अब्बल भएका विद्यार्थीहरु खाना खाएर १० बजे सुतेका थिए । शिक्षक रामेश्वर राय रक्सि खान निस्किएका रहेछन् । उनिहरु सबै निदाए । रातको १२ बजे तिर उनि रक्सिले टिल्ल परेर कोठामा आए । बत्ति निभाए । मोवाईलले धिपधिप गर्दै छात्रा सुतेको खाटमा पुगे । शरिरका संवेदनशिल अंगहरु चलाउन थाले । पहिलो पटक उनिहरु निद्रामै परेकाले थाहा पाएनन् । दोश्रो पटक छात्राले लात्तिले हानेर भुईमा झारिदिईन् । सँगै सुतेको साथीलाई कुईनाले हानिन् । तेश्रो पटक आएपछि उनिहरुले प्रतिकार गरे । त्यो रात उनिहरुले थप केहि नहोस् भन्दै डराई डराई विताए । विहानीपख घर फर्कने बेला बेलुकाको घटनाको छलफल भयो । शिक्षकले कान समाएर माफि मागे । विद्यार्थीहरुले माफि दिएनन् । मोवाईलमा चार्ज थिएन । घरमा ढिला आएकाले केहि कुरा भएन । जेष्ठ ११ गते पीडित छात्राले काठमाडौमा रहेका दाजुलाई फोनमा घटनाको बारेमा बताईन् । प्रधानाध्यापकलाई पनि जानकारी गराईन् । ११ गते राति नै शिक्षकहरु गाउँ छाडेर भागेको खवर आयो । गाउँलेहरुले खोजतलास गरे । महाभारत लेककै ताराखसे भन्ने स्थानमा रामेश्वर राय फेला परे । अर्का अझै फरार छन् । उनले घटना स्विकारेका छन् । विद्यालय ब्यवस्थापन समितिले शिक्षकद्धयलाई तत्काल बर्खास्त गर्ने निर्णय सहित कारवाहीका लागि जिल्ला प्रहरी कार्यालयलाई जानकारी गराएको छ । शिक्षकहरु विरुद्ध अनुसन्धान शुरु गरिएको छ ।